चितवन, ९ माघ।
भरतपुर चितवनमा रहेको सामाजिक संस्था स्पन्दन नेपालले कालिका नगरपालिका–१० मा रहेको राष्ट्रिय आधारभूत बिद्यालय नान्दरमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको छ ।
विद्यालयमा अध्ययन गर्ने ६० जना बिद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिएको हो । संस्थाका अध्यक्ष अनिता खनालका अनुसार कालिका– १० का वडाध्यक्ष नरजङ प्रजाको प्रमुख अतिथ्यतामा एक कार्यक्रमका बिच सो सामग्री हस्तान्तरण गरिएको हो ।
उहाँले बिकटमा रहेका बाबुनानीहरुलाई अध्ययन गर्नको लागि केही सहयोग पुगोस भन्ने हेतुले सवै विद्यार्थीलाई पुग्ने गरि ६० जोर कपडा, १२० वटा कपि, पेन्सिल, इलेजर, कटर र केहि विद्यार्थीहरुका लागि बाल कथाका कितावहरु हस्तान्तरण गरिएको जानकारी दिनुभयो । अध्यक्ष खनालले सो स्थानसम्म पुग्नको लागि निकै कठिन भएका कारण वडा कार्यालय र विद्यालयकोे समन्वयमा हस्तान्तरण गरी विद्यार्थी माझ सामग्रीहरु वितरण गरिएको बताउनुभयो ।
कालिका –१०का अध्यक्ष प्रजाले पालिकाको विकट क्षेत्रका बालबालिकाको लागि सहयोग प्राप्त हुनु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक खुमराज भट्टले विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र कपडा आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यस प्रकारको सहयोगले जाडो र शैक्षिक सामाग्री नभएकै कारण विद्यालय नआउने बालबालिकालाई विद्यालय आउन प्रोत्साहन हुने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका कविन्द्र चेपाङ, स्पन्दन नेपालका निवर्तमान अध्यक्ष इन्दिरा भुषाल, सचिव विमला दाहाल, कोषाध्यक्ष सिता भुषाल, सदस्य सकुन्तला धरेल, सिता भुषाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्