समाचार

स्पन्दन नेपालको मानसिक तथा शारीरिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

स्पन्दन नेपाल, भरतपुर–१० चितवनको आयोजनामा ‘मानसिक एवं शारीरिक स्वास्थ्य, सशक्त जीवन’ विषयक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार बिहान भरतपुरस्थित सीएमटी होटल, हाकिमचोकमा आयोजित कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा मानसिक तथा शारीरिक स्वास्थ्यको महत्व, स्वस्थ जीवनशैली, तनाव व्यवस्थापन, नियमित व्यायाम तथा सन्तुलित आहारको आवश्यकताबारे […]

पूरा पढ्नुहोस्

बखानको दोस्रो संस्करण प्रकाशन

काठमाण्डौ। आख्यानकार तथा पत्रकार बसन्त पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’ को दोस्रो संस्करण प्रकाशन भएको छ । पहिलो संस्करणप्रति पाठकको उल्लेखनीय रुचि र बढ्दो मागपछि शिखा प्रकाशनले दोस्रो संस्करण बजारमा ल्याएको हो । दोस्रो संस्करणको मगलवार एक कार्यक्रमका विच स्रष्टा समाज चितवनका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई, मेनका चापागाई लगाएतले संयुक्त रुपमा विमोचन गरे । […]

पूरा पढ्नुहोस्

पत्रकार विनोदबाबुको ‘नैबेद’ सार्वजनिक

भरतपुर । पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । यसअघि लकडाउन डायरी `एकान्तबास’ प्रकाशित गरिसकेका रिजालको नयाँ कृतिलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकको लोकार्पण अक्षर समूह चितवनले आइतबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा सम्पन्न भयो । लेखक रिजालका बुवाआमा तथा छोराछोरीसँगै कवि भूपिन, एक्सपर्ट चितवनका मेनेजर नरहरि पौडेल […]

पूरा पढ्नुहोस्

चितवनमा नेपाल–भारत दुग्ध सहकारीबीच अन्तरक्रिया सम्पन्न, सहकार्य विस्तारमा जोड

चितवन : चितवन सहकारी संघ लिगको आयोजनामा भारतको पटनास्थित सुधा डेरीका अध्यक्ष तथा सञ्चालकहरूको नेपालका सहकारीहरूको अध्ययन तथा अवलोकन भ्रमणका क्रममा जिल्ला सहकारी संघ लि चितवनमा स्वागत गरिएको छ। सो अवसरमा नेपाल र भारतका दुई छिमेकी देशबीचको सहकारी अभियान, अनुभव आदान–प्रदान तथा आपसी सहकार्यका सम्भावनाका विषयमा सार्थक छलफल सम्पन्न भएको छ। कार्यक्रम संघका अध्यक्ष किशोर […]

पूरा पढ्नुहोस्

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग किसानका सपना, परिवारको भान्सा एवं भविष्य र राष्ट्रको समुन्नति जोडिएको उल्लेख गर्नुभएको छ । राष्ट्रिय धान दिवसका अवसरमा उहाँले शुभकामना सन्देश जारी गर्दै उहाँले खेतमा पसिना बगाएर राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्ने अन्नदाता किसानप्रति धन्यवाद दिन चाहन्छु भन्नुभएको छ । शुभकामना सन्देशमा भनिएको […]

पूरा पढ्नुहोस्

अपाङ्गता भएका व्यक्तिलाई बाख्रा तथा इलेक्ट्रिक जग वितरण

भरतपुर, असार २५ – भरतपुर महानगरपालिका वडा नम्बर ७ ले वडाभित्रका अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जन तथा दैनिक जीवन सहज बनाउने उद्देश्यले बाख्रा तथा पानी तताउने इलेक्ट्रिक जग वितरण गरेको छ। वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका ५ जनालाई आयआर्जनमा सहयोग पुग्ने गरी बाख्रा वितरण गरिएको थियो भने ४२ जनालाई पानी तताउने इलेक्ट्रिक जग प्रदान गरिएको […]

पूरा पढ्नुहोस्

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता ‘ऋण असुली पनि तीव्र’

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट […]

पूरा पढ्नुहोस्

सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रवर्द्धनका लागि सिप सँगै प्रबिधि हस्तान्तरण

चितवन – भरतपुरका २१ जना सीमान्तकृत तथा विपन्न समुदायका महिलाहरूलाई व्यवसाय प्रवर्द्धन सिप विकास सहित प्रबिधि हस्तान्तरण गरिएको छ। बागमती प्रदेशका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशीको सक्रियतामा भरतपुर महानगरपालिका भित्रका २१ जना विपन्न तथा सीमान्तकृत समुदायका महिलाहरूलाई सिलाई मेसिन हस्तान्तरण गरिएको हो। भरतपुर महानगरपालिका २,४,५,७, ११ र १२ नम्बर वडाको सिफारिसमा वडा भित्रका २१ […]

पूरा पढ्नुहोस्

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक÷कर्मचारीलाई समितिको […]

पूरा पढ्नुहोस्

अरुणोदय माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रुद्र अधिकारी निर्विरोध चयन

चितवन। अरुणोदय माध्यमिक विद्यालय, भरतपुर महानगरपालिका–६, गीतानगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भरतपुर महानगरपालिका वडा नं. ६ का वडा सदस्य रुद्र अधिकारी निर्विरोध चयन हुनुभएको छ। आज सम्पन्न विद्यालय व्यवस्थापन समितिको बैठकले अधिकारीलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो। बैठक विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य शिव प्रसाद लामिछानेको अध्यक्षतामा बसेको थियो। नवनिर्वाचित अध्यक्ष अधिकारीले विद्यालयको […]

पूरा पढ्नुहोस्