चितवन- नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेश क्षेत्र नं. ३ ‘ख’को सचिवमा सुजन ढकाल निर्विरोध निर्वाचित भएका छन् ।
संगठनमा सक्रिय युवा नेताका रूपमा परिचित ढकालले पार्टीको क्षेत्रीय संगठनमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका हुन् । सचिवमा निर्विरोध चयन भएसँगै उनलाई आगामी कार्यकालमा संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउने जिम्मेवारीसमेत आएको छ ।
पार्टी संगठनलाई स्थानीय तहसम्म थप प्रभावकारी बनाउने, नेता–कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउने तथा युवालाई पार्टीको मूलधारमा जोड्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेर अघि बढ्ने ढकालले बताएका छन्।
नेपाली कांग्रेसभित्र पछिल्लो समय युवाको नेतृत्व र सहभागिताको विषय बहसमा रहँदै आएको अवस्थामा ढकालको निर्विरोध चयनलाई पनि संगठनमा नयाँ पुस्ताको भूमिकासँग जोडेर हेरिएको छ।
नयाँ जिम्मेवारीसँगै ढकालले पार्टीको नीति, विचार र संगठनलाई जनतासँग जोड्दै स्थानीयस्तरका समस्या र आवश्यकतालाई राजनीतिक प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिकृया दिनुहोस्