रोचक
संजीव गुलाटीसँग वैवाहिक बन्धनमा बाँधिइन् नायिका निरुता सिंह
काठमाडौँ – नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका निरुता सिंह वैवाहिक बन्धनमा बाँधिएकी छिन् । निरुताले दुई दिन अगाडि मुम्बइमा बिहे गरेकी हुन् । नी मुम्बई निवासी संजीभ गुलाटीसँग वैवाहिक जीवनमा बाँधिएको जानकारी आफ्ना फ्यानहरुलाई गराएकी छिन् । सामाजिक सञ्जालमा तस्बिर राख्दै निरुताले मिडियाले बिहे कहिले गर्ने भनेर सोध्ने गरेको प्रश्नको जवाफ आज दिएको बताएकी छिन् […]
पूरा पढ्नुहोस्
एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरी
झापा – झापाका एक बिरामीको उपचारको क्रममा पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ । दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं. ६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारको क्रममा ५५ वटा पत्थरी एकैपटकमा बाहिर निकालिएको हो । अस्पतालका निर्देशक बालकुमार पोखरेलका अनुसार पेटभित्र असह्य दुखाई बढेपछि उपचारका लागि साहलाई […]
पूरा पढ्नुहोस्
नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण
दमक – नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ ।नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकको सरकारी अस्पतालमा सञ्चालन गरिएको ‘पेनप्लस’ कार्यक्रमबारे सरोकारवालाबीच छलफलमा सहभागी स्वास्थ्य अनुसन्धानकर्ताले पछिल्ला बर्ष नेपालमा नसर्ने रोगको जोखिम दिनदिनै बढ्दै गएको औँल्याएका थिए । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को संयोजनमा भएको छलफलमा […]
पूरा पढ्नुहोस्
देशभर डेंगुबाट १३ हजार संक्रमित, सतर्कता अपनाउन आग्रह
काठमाडौँ – देशभरि डेंगुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् । डेंगुको संक्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा […]
पूरा पढ्नुहोस्
सुन्दरता विग्रने गलत धारणाका कारण स्तनपान गराउनेको संख्या कम
चितवन – आमाको सुन्दरता विग्रने गलत धारणाका कारण सहरीया, पढेलेखेका र धनी महिलाले स्तनपान कम गराउने गरेका छन् । एक तथ्याङ्कले ग्रामीण क्षेत्र र अशिक्षित महिलाले भने धेरै स्तनपान गराउने देखाएको छ । स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार बच्चा जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गराउनेमा अशिक्षित महिला बढी छन् । माध्यमिक शिक्षा अध्ययन गरेका […]
पूरा पढ्नुहोस्
छोरी जन्माउने आमालाई नगरपालिकाले दुई हजार भत्ता दिने
धनगढी – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छोरी जन्माउने आमालाई २ हजार प्रोत्साहन भत्ता वितरण गर्ने भएको छ। चालु आर्थिक वर्षदेखि लागु हुने गरी नगरपालिकाले ‘बालिका प्रोत्साहन’ कार्यक्रम अन्तरगत भत्ता वितरण गरिने नगर उपप्रमुख द्रोपती रानाले बताइन्। ‘भ्रुण परीक्षण गरेर छोरी भए, अपरेशन गरेर फाल्ने चलन छ। त्यसलाई रोक्न हामीले बालिका प्रोत्साहन कार्यक्रम अघि सारेका छौं, यसले […]
पूरा पढ्नुहोस्
स्तनपान सप्ताह : ‘कार्यालय स्तनपानमैत्री हुन आवश्यक’
शरद् शर्मा, काठमाडौँ – नेपालमा कार्यालयमा नै स्तनपान कक्ष नभएकाले छ महिनासम्म स्तनपान गर्न पाउने शिशुको सङ्ख्या घट्दै गएको देखिएको छ । धेरैजसो महिला शिशुलाई घरमा नै छाडेर कामकाजमा जाने र कार्यालयमा स्तनपान कक्ष नभएकाले शिशुले स्तनपान गर्न नपाएको बताइएको छ । सुत्केरीपछि आमा काममा फर्किनुपर्ने कारणले गर्दा स्तनपानलाई निरन्तरता दिन आमाले चुनौती व्यहोर्नु परेको […]
पूरा पढ्नुहोस्
स्तनपान सप्ताह : ‘छ महिनासम्म शिशुलाई आमाको दूधमात्र खुवाउनू’
काठमाडौँ – नेपालसहित विश्वभरि नै आजदेखि ‘विश्व स्तनपान सप्ताह’ मनाउन थालिएको छ । ‘स्तनपान मैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरूको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ उक्त सप्ताह मनाउन थालिएको हो । काममा फर्किनुपर्ने कारणले स्तनपानलाई निरन्तरता दिन र नियमित बनाउन स्तनपान गराउने आमाले चुनौती ब्यहोर्दै आउनुपरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यस्थलमा स्तनपानका लागी सहज […]
पूरा पढ्नुहोस्
महिला विश्वकप : चर्चामा छिन् १६ वर्षीया क्यासी
काठमाडौँ – अहिले अस्ट्रेलिया र न्युजिल्यान्डमा महिला विश्वकपको नवौं संस्करण चलिरहेको छ । अधिकांश टोलीले आफ्नो पहिलो खेल खेलिसकेका छन् । तर, एसियाली राष्ट्र दक्षिण कोरियाले भने आफ्नो पहिलो खेल खेल्न बाँकी छ । दक्षिण कोरियाले मंगलबार कोलम्बियासँग आफ्नो पहिलो खेल खेल्दैछ । दक्षिण कोरियाको पहिलो खेलअघि एक अमेरिकी किशोरी निकै चर्चामा छिन् । उनी […]
पूरा पढ्नुहोस्