महिला बालबालिका
सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो
काठमाडौँ : बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहनुभएकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मङ्गलबार पाँचबुँदे सहमति भएको छ । सहमति भएसँगै उहाँले आफ्नो २३ औँ दिनको अनशन अन्त्य गर्नुभएको छ । खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पानी […]
पूरा पढ्नुहोस्
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
गुल्मी कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा, कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका […]
पूरा पढ्नुहोस्
पर्सा प्रहरीमा महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन
पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नवनिर्मित भवनको उद्घाटन गरिएको छ । यो भवनबाट लक्षित वर्गलाई सहज र सरल ढङ्गले सेवा प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको हो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधबार एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरीको क्षमता विकासमा पूर्वाधारको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो […]
पूरा पढ्नुहोस्
विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह
काठमाडौँ – बीस वर्षपछि विवाह गर्ने विद्यमान कानुनी व्यवस्थामा परिवर्तन नगर्न बालअधिकारकर्मीले जोड दिएका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ९सिजप० ले आज आयोजना गरेको ‘बिहेवारी २० वर्ष पारी अभियान’मा सञ्चारकर्मीको भूमिका विषयक छलफल कार्यक्रमका वक्ताहरूले विवाह गर्ने उमेरलाई घटाएर १८ वर्ष ल्याउन कतिपय पक्षले दबाब लिए पनि त्यस्तो प्रस्ताव अघि बढ्न नहुनेमा जोड […]
पूरा पढ्नुहोस्
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच भेट
काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, लैङ्गिक समानता, अपाङ्गता भएका व्यक्तिको अधिकार, ज्येष्ठ नागरिकको सम्मानजनक हेरचाह तथा सामाजिक समावेशीकरणका विषयमा छलफल भएको मन्त्रीका स्वकिय सचिव टेकेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । […]
पूरा पढ्नुहोस्
मुक्त कमलरीको उचित व्यवस्थापन माग गर्दै सरकारको ध्यानाकर्षण
काठमाडौँ । मुक्त कमलरी विकास मञ्चले कमलरी मुक्त भएको एक दशक बढी बित्दासमेत उचित व्यवस्थापन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चले आज पत्रकार सम्मेलन गरी कमलरी मुक्त घोषणा भएको १३ वर्षसम्म पनि अधिकार नपाएका कमलरी र जमिन भोगचलनको २० वर्ष सकिँदा पनि व्यवस्थापन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । मञ्चका पूर्वकेन्द्रीय अध्यक्ष […]
पूरा पढ्नुहोस्
चितवनका मसाज सेन्टरमा प्रहरीको छड्के अनुगमन, ८ जना समातिए
सिन्धु ढकाल,चितवन। चितवनको भरतपुर महानगरपालिका १० र आसपासका क्षेत्रमा संचालनमा रहेका मसाज सेन्टरहरुमा प्रहरीले गरेको छड्के अनुगमनका क्रममा ८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले गरेको अनुगमनका क्रममा १ जना महिला सहित ८ जनालाई नियन्त्रणमा लिएको हो । दर्ता नगरि संचालनमा रहेका मसाज सेन्टरका संचालक तथा अवैध गतिबिधिमा संलग्न रहेका कर्मचारी […]
पूरा पढ्नुहोस्
ईनिशा हत्याको बिरोधमा चितवनमा प्रदर्शन
आशा खरेल/चितवन सुर्खेतमा ईनिशा बिकको बलात्कार पछि हत्या भएको बिरोधमा आज भरतपुरको चौबीसकोठीमा प्रदर्शन गरिएको छ । जात ब्यवस्था उन्मुलन मोर्चा जिल्ला समिती चितवन र बैज्ञानिक समाजवादी बिद्यार्थी जिल्ला समिती चितवनले दलित अभियन्ता तथा अधिकारकर्मी र युवाहरुको सहभागीतामा बिरोध प्रदर्शन गरिएको हो । कार्यक्रममा बोल्दै गोबिन्द विस्वकर्माले हाम्रो छोरी बेटि हत्या , हिंसा, बलात्कारका घटना […]
पूरा पढ्नुहोस्