लेख /रचना
एसइई : एक महिनामै नतिजा, परिणाम पनि सुधारोन्मुख
प्रकाश सिलवाल काठमाडौँ, २९ वैशाखः “यत्ति छिटो नतिजा आउला र रु, हतारमा काम गर्दा कतै प्रणालीमै समस्या आउने त होइन रु” भन्ने प्रश्नका बीच माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजा एक महिनामै सार्वजनिक भएको छ । यसपटक परीक्षा सम्पन्न भएको एक महिनामै नतिजामात्र सार्वजनिक भएन, नतिजा विगतका तुलनामा सुधार पनि भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत […]
पूरा पढ्नुहोस्
‘पीडितकै लागि मिलापत्र नबनोस् पासो’
राजेश विद्रोही केही दिनअघि सिरहामा घटेको एउटा घटनाले मधेस समाजभित्र गहिरिँदै गएको सामाजिक, कानुनी र मानवीय सङ्कटलाई फेरि उजागर गरेको छ । यादव थरका १९ वर्षीय युवकले थारू समुदायकी १३ वर्षीया बालिकालाई स्कुल पुर्याइदिन्छु भन्दै मोटरसाइकलमा राखेर लिएर जान्छ तर स्कुलमा नपुर्याई उनलाई एउटा होटलमा लगेर जबर्जस्ती गर्छन् । त्यो सम्बन्ध सहमतिमा थियो कि जबर्जस्ती, […]
पूरा पढ्नुहोस्
वसन्त पराजुली ‘बखान’का लागि कविडाँडा कृति पुरस्कारबाट सम्मानित हुने
चितवन, २१ वैशाख । पत्रकार तथा लेखक वसन्त पराजुलीको उपन्यास ‘बखान’ लाई कविडाँडा कृति पुरस्कार प्रदान गरिने भएको छ । कविडाँडा साहित्य समाजले पराजुलीको ऐतिहासिक कृति ‘बखान’ का लागि उक्त पुरस्कार दिने निर्णय गरेको समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिनुभयो । उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला रहेको छ । ‘बखान’ उपन्यास […]
पूरा पढ्नुहोस्
शेयर लगानीकर्ताले बुझ्नुपर्ने कुरा
अचुतकुमार ओझाः रासस अङ्ग्रेजीमा एउटा भनाइ छ “यदि तपाईँले मरेको घोडा चढिरहेको थाहा पाउनुभयो भने उत्तम उपाय भनेको झर्नु नै हो ।” यस उक्तिले दिएको सन्देश भनेको खासगरी लगानीमा मुर्खताभन्दा धैर्यताले काम गर्छ भन्ने हो । यसैले विजय हुने नाममा जबर्जस्तको लगानीले ठीक नतिजा नदिन सक्छ । पुँजी बजारमा सिनो घोडा बोकेरै भए पनि पहिलो […]
पूरा पढ्नुहोस्
साना उद्यममाथि मृत्युदण्डको छायाँ
रमेश कुमार बोहोरा नेपालको आर्थिक समृद्धि, रोजगारीको सृजना र आयात प्रतिस्थापनको मेरुदण्ड मानिने लघु साना तथा मझौला उद्यम आज नीति–निर्देशनको प्राथमिकता भित्र पर्दा पर्दै पनि कर्जाको अभावमा सङ्घर्षरत छन् । राष्ट्र बैंकले यो क्षेत्रमा लगानी वृद्धि गर्न बारम्बार बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देश दिँदै आए पनि व्यवहारमा लक्ष्यअनुसारको कार्यान्वयन हुन सकेको छैन । परिणामतः उत्पादन […]
पूरा पढ्नुहोस्
आजको कथा: मैनबत्तिको प्रेरणादायी कथा
चारवटा मैनबत्तिहरु विस्तारै जल्दै थिए। वातावरण यति चकमन्न थियो कि, उनीहरु आपसमा फुसफुसाई रहेको पनि प्रष्टै सुनिन्थ्यो। – पहिलो मैनबत्तिले भन्योः म शान्ति हुँ। कसैले पनि मलाई बाल्नु सक्दैन। त्यसैले म ठान्छु, म जल्नै हुन्न– निभ्नु पर्छ। त्यसपछि त्यसको ज्वाला विस्तारै निभ्यो। – दोस्रो मैनवत्तिले भन्योः म विश्वास हुँ। मुख्य कुरा त म हराउनु हुन्न। […]
पूरा पढ्नुहोस्
किलामा झुण्डिएको बा को कोट र नबजेको रेडियो
जेहेन्ता पाण्डे “नानी, ए नानी, पिप्लामेट खान्छेस् ?” “खाने नि बा !” “इ, ला । किनेर खा ।” आफ्नो जुहारिकोटको गोजिमा भएको पैसाबाट दिनको २ रुपियाँ मलाई चकलेट किनिदिन छुट्याउनु मानौँ बा को दैनिकी थियो । स्कुलबाट घर फर्किन कति पो हतार हुने ! घर पुग्नासाथ उहि बा’को कोटमै आँखा । अनि पर्खाई हुन्थ्यो -त्यहि […]
पूरा पढ्नुहोस्