चारवटा मैनबत्तिहरु विस्तारै जल्दै थिए। वातावरण यति चकमन्न थियो कि, उनीहरु आपसमा फुसफुसाई रहेको पनि प्रष्टै सुनिन्थ्यो।
– पहिलो मैनबत्तिले भन्योः म शान्ति हुँ। कसैले पनि मलाई बाल्नु सक्दैन। त्यसैले म ठान्छु, म जल्नै हुन्न– निभ्नु पर्छ। त्यसपछि त्यसको ज्वाला विस्तारै निभ्यो।
– दोस्रो मैनवत्तिले भन्योः म विश्वास हुँ। मुख्य कुरा त म हराउनु हुन्न। तसर्थ, मैले जल्नुको कुनै अर्थ देखिन्न। दोस्रो मैनबत्तिले बोल्न छोड्ना साथ बलिरहेको ज्वाला झ्याप्प निभ्यो ।
– आफ्नो पालो आएपछि दुःखि हुँदै तेस्रोले भन्योः म प्रेम हुँ। म मा त जल्ने आँटै छैन। मान्छेले मेरो महत्व बुझेनन् र मैलाई बाले। तिनीहरुले त आफ्ना अति निकटकाहरुलाई पनि माया गर्न भुले। अनि क्षणभरै नकुरी तेस्रो मैनवत्ति झ्याप्पै निभ्यो।
एक्कासी एउटा बालक मैनबत्तिहरु बलिरहेको कोठामा पस्यो। तिनवटा मैन निभिरहेको देख्यो । तिमीहरु चाँहि किन नबलेको ? बालकले रुँदै सोध्यो– ‘तिमीहरु त नसकिएसम्म बलिरहनु पर्ने हैन ’
– त्यसपछि बलिरहेको चौथो मैनबत्तिले भन्यो, ‘नआत्तिऊ, म बलिरहेसम्म हामी, निभेका सबैलाई फेरी बाल्न सक्छौं ।’ म आसा हुँ । चम्किलो आँखाले बालकले ‘आसाको बमैनबत्ति’ उठायो र निभेका सबै मैनबत्ति बाल्न थाल्यो।
– आसाको ज्वाला तपाइ–हामीले जीवनमा कहिल्यै निभ्न दिनु हुँदैन। र, हामी प्रत्येकले ‘आसा, विश्वास, शान्ति र प्रेम’ बचाई राख्नु पर्छ।
साभार: सामाजिक संजाल

प्रतिकृया दिनुहोस्