प्रदेश ५
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
धनगढी :भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ गरिएपछि यहाँको गौरीफन्टा नाकाको नेपालतर्फका व्यापारिक गतिविधिहरूमा पछिल्लो समयमा चहलपहल बढेको पाइएको छ । पहिले सामान्य किनमेलदेखि धेरै बजार गर्नका लागि पनि स्थानीय नागरिक पारितर्फको बजारमा जाने गरेकामा पछिल्लो समय नेपाल सरकारले रु एक सयभन्दा बढीको सामानमा भन्सार कडाइ गरेपछि अहिले नेपालीतर्फको बजारमा नै किनमेल बढेको […]
पूरा पढ्नुहोस्
ड्रागन खेतीमा रमाउँदै बागलुङका पूर्वशिक्षक अर्याल
बागलुङ – शरीरमा तागत घट्दै गए पनि बालकृष्ण अर्यालको कृषि कर्मप्रतिको जाँगर घटेको छैन । ७६ वर्षीय उनको पहिचान शिरमा ढाका टोपी, शरीरमा पुराना कोट, पाइन्ट र कमिज हो । घर्कदो उमेरले चाउरिँदै गएको अनुहार, घट्दो हातपाखुराका तागत ।उनको घर छेउको बारीमा पुग्दा लटरम्म फलेका ‘ड्रागन फ्रुट्स’ देखिन्छन् । दुई वर्ष अगाडि लगाएको बिरुवाले अहिले […]
पूरा पढ्नुहोस्
उमेरले छेकेन ६१ वर्षीया प्रेमकुमारीको पढ्ने रहर
बाँके – कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्छिन् । बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी कक्षा कोठाको अघिल्लो लाइनमा बस्छिन् । कक्षामा नियमित उपस्थित हुने उहाँको अरू विद्यार्थीसरह पढाइमै ध्यान केन्द्रित हुन्छ । ज्ञानज्योति माविको कक्षा […]
पूरा पढ्नुहोस्
वैदेशिक रोजगारीका क्रममा गत आवमा १ हजार २०८ भन्दा धेरैले विदेशमा गुमाए ज्यान
काठमाडौं – सरकारले विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०७९/८० मा मात्रै ४५ महिलासहित एक हजार २०८ युवाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको सङ्ख्या उल्लेख्य रहेको छ । यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्य् भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको सङ्ख्या हो । यसबाहेक वैदेशिक रोजगारीका […]
पूरा पढ्नुहोस्
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमाएक युवक पक्राउ
बाँके – १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेमा एक युवक पक्राउ परेका छन् । सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने २३ वर्षीय भीमबहादुर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई […]
पूरा पढ्नुहोस्
आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय पाँच दिनका लागि बन्द
चितवन – आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय पाँच दिन बन्द भएको छ । भरतपुर महानगरपालिकाले आज एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरु बिदा गरेको हो । सूचनामा हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी भोलि सोमबार २२ गतेबाट २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको उल्लेख गरिएको छ । विद्यालयमा एडिनो भाइरसको […]
पूरा पढ्नुहोस्
डेङ्गु उपचारका लागि भरतपुर अस्पतालमा संयन्त्र तयार
चितवन – भरतपुर अस्पतालले डेङ्गु रोगले प्रकोपको रूप लिन सक्ने भन्दै संयन्त्र तयार पारेको छ । अस्पतालले डेङ्गु सङ्क्रमितको उपचारलाई सहज बनाउन ‘र्यापिड रेस्पोन्स टिम’ तयार पारेको हो । अस्पतालका प्रवक्ता एवं वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा गोविन्द कँडेल, फिजिसियन डा सुनिल पौडेल, नर्सिङ अधिकृत, प्रयोगशाला प्रमुख, स्टोर र प्रशासनको प्रतिनिधि रहेको टिम तयार गरिएको छ […]
पूरा पढ्नुहोस्
चितवनमा दूधको माग घट्दो
चितवन – जिल्लामा दूधको माग घट्दै गएको छ । उत्पादनअनुसार दूधको बिक्री नभएपछि यहाँका दुग्ध उत्पादक किसान तथा सहकारी चिन्तित बनेका छन् । पछिल्लो समय गाईभैँसीमा देखिएको लम्पी स्किन रोग लागेका पशुको दूध खान हुँदैन भन्ने हल्लाका कारण बजारमा दूधको माग घटेको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार अहिले […]
पूरा पढ्नुहोस्
कांग्रेस चितवने पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने
चितवन – नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ । उक्त शाखाले साठी प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै नवीकरण गर्ने तयारी गरेको हो । चौथो महाधिवेशनमा उक्त शाखाले २८ हजार दुई सय जनाको क्रियाशील सदस्यता तय गरेको थियो । क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा […]
पूरा पढ्नुहोस्
महानगर प्रमुख दाहाल : ‘मर्निङवाक’ सँगै गुनासो सुन्दै
चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ । जब उनी कार्यालय पुग्छिन् बाहिर नगरवासीको भीड लाग्ने गर्दछ । सचिवालयका कर्मचारीलाई पालो मिलाउन हम्मेहम्मे हुने गर्दछ । कतिपय भेट्न नपाएको गुनासो गर्दै फर्कने गर्दछन् । धेरै जनसङ्ख्या भएको महानगरमा कार्यालय समयमा सबैलाई भेट्न सम्भव पनि छैन […]
पूरा पढ्नुहोस्