चितवन । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदको निर्वाचनमा चितवनका पूर्वस्वास्थ्य मन्त्री उत्तम जोशी पराजित भएका छन् ।
जोशीले २०२२ मत अर्थात २९.४ प्रतिशत मत प्राप्त गरेका थिए । लामो समयदेखि बिध्यार्थाे राजनिती देखी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय, प्रदेशसभा सदस्य हुँदै उत्कृष्ट एवम सफल स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका जोशीको पराजयले चितवन कांग्रेसमा निराशा छाएको छ।
चितवनका पूर्वमन्त्री जोशीको राजनीतिक प्रतिष्ठा र कामको प्रभाव साथै चुनावी अभियान तुलनात्मक रुपमा प्रभावकारी हुदाहुदै पनि जोशी पराजित भएका हुन् । पार्टीमा चर्चित व्यक्तिको नाम र थरसँग मिल्दो जुल्दो नाम भएका व्यक्तिको उम्मेदवार मैदानमा रहनु र र्निर्बाचन जित्नुपनी अर्थपूर्ण र चासोको रुपमा हेरिएको छ।
धेरै ब्यक्तिहरू नाम ,थर मिल्दा पनि र्निर्बाचन जित्न सफल भएका छन्। राजनीतिक अनुभव, प्रदेश सरकारमा सम्हालेको जिम्मेवारी र स्वास्थ्य क्षेत्रमा अघि बढाएका कामका आधारमा चितवनका जोशीको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको थियो। जोशी चितवनबाट संघ तथा प्रदेशसभामा प्रत्यक्ष निर्वाचित नेपाली कांग्रेसका एक मात्र सांसद हुन् ।
चितवनबाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेशसभा सदस्य उत्तम जोशीले स्वास्थ्य मन्त्री हुँदा करिब नौ महिना १६ दिनको अवधिमा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न काम अघि बढाएका थिए। दुर्गम क्षेत्रका गर्भवती महिलाको हवाई उद्धार, विद्यालयमा नर्स कार्यक्रम, पूर्ण खोप अभियानमा प्रोत्साहन तथा स्वास्थ्य संस्थाका उपकरणको प्रभावकारी उपयोगजस्ता विषय उनको कार्यकालसँग जोडिएका छन्।
चितवनको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका जोशीले यसअघि नेपाली कांग्रेसको जिल्ला तथा विद्यार्थी राजनीतिमा विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन्। पार्टी संगठनमा लामो समयदेखि संलग्न रहँदै आएका उनी जिल्लाको विकास र जनताका सरोकारका विषयमा प्रदेशसभामा आवाज उठाउने नेताका रूपमा समेत परिचित छन्।
प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका जोशीको पराजयले जिल्लाको राजनीतिक वृत्तमा प्रश्न उठाएको छ— राजनीतिक अनुभव, कामको प्रभाव र लामो समयको संगठनात्मक निरन्तरताले मात्रै केन्द्रीय राजनीतिमा सफलता सुनिश्चित हुँदैन?
पार्टीको केन्द्रीय नेतृत्वमा चितवनको उपस्थिति बलियो बनाउने अपेक्षा राखेका कार्यकर्ताका लागि यो परिणाम निराशाजनक बनेको छ।
चितवनका उत्तम जोशीको पराजयले जिल्लाको कांग्रेस राजनीतिमा अपेक्षा र परिणामबीचको अन्तरलाई भने चर्चामा ल्याएको छ। उनको पराजयसँगै चितवन कांग्रेसको प्रतिनिधित्व र जिल्लाका नेताहरूको केन्द्रीय तहमा पहुँचबारे पनि बहस सुरु भएको छ।

प्रतिकृया दिनुहोस्