Tag: #bharosakhabar
चितवनमा जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
चितवन, ९ माघ । सौराहामा पालिएका निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आउन थालेपछि निजी हात्तीलाई वन नजिक एकीकृत गरेर राख्न स्थानीयले माग गरेका छन् । स्थानीयको मागपछि हात्ती पाल्दै आएका व्यवसायीले सरकारी स्तरबाट जग्गा उपलब्ध गराइदिए आफूहरू एकीकृत रूपमा राख्न तयार रहेको बताएका छन् । सौराहा क्षेत्रमा अहिले मकुना नामको जङ्गली हात्ती बस्ती पसेर […]
पूरा पढ्नुहोस्
चितवनमा माघ २२ देखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइदै
चितवन, ९ माघ । चितवनमा ३१ हजार भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ एचपिभी खोप लगाइने भएको छ । जिल्लाका ७ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ३१ हजार ५७० किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरिक्षक राम केसीले जानकारी दिनुभयो । विद्यालयमा रहेका कक्षा ६ देखि […]
पूरा पढ्नुहोस्
मकवानपुर ट्राफिकले छ महिनामा सङ्कलन गर्यो रु एक करोड ३२ लाख राजस्व
चितवन, ९ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा वृद्धि भएको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व सङ्कलन भएकोे सो कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक […]
पूरा पढ्नुहोस्
सुनको मूल्य फेरि पनि बढ्यो
चितवन, ९ माघ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज एक हजार नौ सय रूपैयाँले बढेको हो । योसँगै छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ। हिजो ९मंगलबार० छापावाल सुन प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। […]
पूरा पढ्नुहोस्
चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि
एजेन्सी, ८ माघ . चीनले सन् २०२४ मा एक करोड २५ लाख नयाँ सहरी रोजगारी सिर्जना गरेको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।मन्त्रालयका अनुसार सन् २०२४ मा चीनको सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर ५.१ प्रतिशत थियो, जुन अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशतले कम हो । रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको मानव […]
पूरा पढ्नुहोस्
नारायणी लिफ्ट सिँचाइबाट हिउँद समेत पानी
चितवन, ८ माघ । नारायणी लिफ्ट सिँचाइ आयोजनाले हिउँदमा पनि पानी उपलब्ध गराएको छ । आयोजनाले ५० वर्षपछि आफ्ना दुवै नहरबाट हिउँदमा पानी छोडेको हो । यसअघि बर्खायाममा मात्रै पानी छाडिने गरेकामा अब बाह्रै महिना नहरमा पानी ल्याउन सकिने भएको छ । आयोजनाका सूचना अधिकारी कुलराज चालिसेका अनुसार २०३९ सालमा स्थापना भएको उक्त आयोजनाले यसपटक […]
पूरा पढ्नुहोस्
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
चितवन, ८ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चितवनको कालिका नगरपालिकामा स्थापना भएको नगर अस्पतालका लागि सरकारबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाउनु भएको छ । चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले मंगलबार मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री पौडेलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा आफ्नो ध्यान रहेको र उक्त अस्पतालका लागि पनि आवश्यक सहयोग […]
पूरा पढ्नुहोस्
अभिनेत्री शिल्पालाई घर दिएर डेरामा सरे छवि
काठमाण्डौ, ८ माघ । अभिनेत्री शिल्पा पोखरेललाई अंश वापत घर दिएर निर्माता छवि ओझा डेरामा सरेका छन् । छविसँग पाँच वर्ष लामो कानुनी लडाइँपछि अभिनेत्री शिल्पा पोखरेलले अंश वापत घर लिएकी छन् । श्रीमतिलाई घरेलु हिसा गरेकै कारण मुद्धा खेपिरहेका निर्माता छबि ओझा मुद्धा टुगींएपछि डेरामा सरेका छन् दुवै पक्षबिचको सहमतिअनुसार छवि ओझाले शिल्पा पोखरेललाई […]
पूरा पढ्नुहोस्
निकुञ्जको कसरास्थित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह
चितवन, ८ माघ । चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोगगर्दा सवाधानी अपनाउन आग्रह गरेको छ । विगत केही दिनदेखि यस क्षेत्रमा जङ्गली हात्ती ध्रुबे देखिएकाले साँझ ५ वजेपछि यात्रा गर्दा समूहमा मात्रै गर्न निकुञ्जले अनुरोध गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साँझ परेपछि दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा […]
पूरा पढ्नुहोस्
चितवनको उपर्दाङ्गगढीस्थित कोतघर पुनर्निर्माण सुरु
चितवन, ८ माघ । इच्छाकामना गाउँपालिका– ७ स्थित उपर्दाङ्गगढी परिसरमा कोतघर पुनर्निर्माण गरिने भएको भएको छ । गढीको भौतिक संरचना पुनर्निर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्रको कोतघर पुनर्निर्माण गरिने भएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सोमबार कोतघर पुनर्निर्माणको शिलान्यास गर्नुभयो । रु एक करोड ३४ लाख ५० हजार लागतमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको अध्यक्ष […]
पूरा पढ्नुहोस्