काठमाण्डौ, ८ माघ ।
अभिनेत्री शिल्पा पोखरेललाई अंश वापत घर दिएर निर्माता छवि ओझा डेरामा सरेका छन् । छविसँग पाँच वर्ष लामो कानुनी लडाइँपछि अभिनेत्री शिल्पा पोखरेलले अंश वापत घर लिएकी छन् । श्रीमतिलाई घरेलु हिसा गरेकै कारण मुद्धा खेपिरहेका निर्माता छबि ओझा मुद्धा टुगींएपछि डेरामा सरेका छन्
दुवै पक्षबिचको सहमतिअनुसार छवि ओझाले शिल्पा पोखरेललाई अंश वापत घर दिएका हुन् । उनीहरुले दसैँ अगाडि नै यो सम्झौता गरेको बताइए पनी उनीहरूबिचको सम्झौता अहिले मात्र सार्वजनिक भएको हो । आफूमाथि छविले घरेलु हिंसा गरेको भन्दै शिल्पाले कानुनी पक्रियामा गएकी थिइन्। शिल्पाले छविविरुद्ध घरेलु हिंसा र अंशसम्बन्धी मुद्दा दायर गरेकी थिइन्।
शिल्पाले प्राप्त गरेको घर काठमाडौंको गौरीघाटमा रहेको बताइएको छ । करिब पाँच आना क्षेत्रफलमा बनेको साढे दुई तले घरको मूल्य झण्डै चार करोड पर्ने बताइएको छ। छविले आफूभन्दा उमेरले ३० वर्ष कान्छी शिल्पासँग २०७३ साल असार २९ गते गोप्य रुपमा विवाह गरेका थिए । उनीहरुले विवाह गरेको तस्बिर तीन वर्षपछि मात्रै सार्वजनिक भएको थियो।

प्रतिकृया दिनुहोस्