Tag: #bharosakhabar
नेपाली काँग्रेस भरतपुर ७ ले गर्याे सहिद दिवसको अवसरको रक्तदान
चितवन, १६ माघ । नेपाली कांग्रेस भरतपुर ७ ले सहिद दिवसको अवसर पारेर बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेसले केन्द्रलाई टोल टोलसम्म जोड्ने अभियान अन्तर्गत सुरुवात गरेको १०० दिने अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम भरतपुर ७ वि पी कोईराला क्यान्सर अस्पताल १ नम्वर गेटमा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रममा अतिथि, […]
पूरा पढ्नुहोस्
काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा
काठमाडौँ, १५ माघ । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो । नगरप्रमुख घनश्याम गिरी, प्रमुख […]
पूरा पढ्नुहोस्
दुर्घटना न्युनिकरणका लागि ट्राफिक कार्यालय चितवनको बिद्यालय केन्द्रित अभियान
चितवन, १५ माघ । दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘एक विद्यालय, एक ट्राफिक शिक्षक’ अभियान सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाबाट सुरु भएको यो अभियान जिल्लाभर सञ्चालन गरिने भएको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार भरतपुरका एक सय ९८ विद्यालयका एक–एक शिक्षकलाई यो तालिम दिइएको छ । बाँकी छ पालिकामा […]
पूरा पढ्नुहोस्
सोनाम ल्होसारका अवसरमा मकवानपुरको राक्सिराङमा तीन दिन बिदा
बागमती, १४ माघ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष […]
पूरा पढ्नुहोस्
प्रेस चौतारी चितवनले सुरु गर्यो पत्रकार सुत्केरी पोषण कार्यक्रम
चितवन,१४ माघ । प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकार सुत्केरी पोषण कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । शाखाले चितवनमा रहेका प्रेस चौतारीका सदस्यका नयाँ सन्तानको जन्म हुँदा सुत्केरी आमाको पोषणमा सहयोग गर्ने उद्देश्यले सुत्केरी पोषण कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो । प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष सुवास पण्डितका अनुसार प्रेस चौतारी चितवनका […]
पूरा पढ्नुहोस्
ट्रम्पको धम्कीपछि निर्वासित नागरिकलाई स्वीकार गर्न कोलम्बिया सहमत
एजेन्सी, १४ माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामूहिक निर्वासन योजनाको अवज्ञालाई सजाय दिन पीडादायी शुल्क लगाउने धम्की दिएको केही घन्टापछि कोलम्बिया आइतबार अमेरिकी सैन्य विमानमा पठाइएको निर्वासित नागरिकहरूलाई स्वीकार गर्न सहमत भएको छ । कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेत्रोले यसअघि नागरिक विमान जस्ता ‘सम्मानजनक’ माध्यमबाट मात्र नागरिकहरूलाई फिर्ता लिने बताउनुभएको थियो र निर्वासित कोलम्बियालीहरू […]
पूरा पढ्नुहोस्
एनसिआईएफएफको छैटौं संस्करण काठमाडौंमा : ४७ देशका ९८ चलचित्रहरु सहभागी
काठमाडौं : छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म तीन दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु प्रदर्शन हुँदैछन् । सबै चलचित्रहरु निःशुल्क हेर्न पाईने आयोजक टीमले जनाएको छ । चलचित्र […]
पूरा पढ्नुहोस्
गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण
काठमाडौं : सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याउनुभएकी अधिकारीले आफ्नो जन्म दिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
काठमाडौँ , १० चितवन । काठमाडौँ प्रहरीले सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने एक युवकलाई पक्राउ गरेको छ । इन्ड्राइभ यात्राका क्रममा प्राप्त गरेको महिला यात्रीको मोबाइल नम्बर मार्फत यौन दुर्व्यवहार गर्ने चितवनका २५ वर्षीय प्रविन बराललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले जानकारी दिनुभयो । महिलाको उजुरीपश्चात् खोजतलास […]
पूरा पढ्नुहोस्
अमेरिकी डलरको मूल्य घट्यो, विदेशी मुद्रा कसको दर कति ?
चितवन, १० माघ । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ । युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क र अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा बढेको छ । जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन […]
पूरा पढ्नुहोस्