चितवन, ९ माघ ।
चितवनमा ३१ हजार भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ एचपिभी खोप लगाइने भएको छ ।
जिल्लाका ७ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ३१ हजार ५७० किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरिक्षक राम केसीले जानकारी दिनुभयो ।
विद्यालयमा रहेका कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने उहाँले बताउनुभयो । कक्षा ६ देखि १० सम्म अध्ययन हुने हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर ती कक्षाका सबै छात्राहरूलाई एचपिभी खोप दिने व्यवस्था मिलाइएको भेक्टर कन्ट्रोल निरिक्षक केसीले बताउनुभयो ।
विद्यालयको पहुँचबाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरू र छुट भएका कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट एचपिभी खोप दिइनेछ । यस्तै विद्यालय नभएका गाउँ, टोल र पिछडिएका वर्गरसमुदायको पहुँचको लागि थप खोप केन्द्रबाट एचपिभी खोप अभियान सञ्चालन हुने महिनामा एच।पि।भी। खोप दिने व्यवस्था गरिएको छ । एचपिभी खोप कार्यक्रम माघ २२ देखि फागुन ३ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस्