Tag: #bharosakhabar

३ केजी ७४५ ग्राम सुन जस्तो देखिने पहेंलो रङको धातु सहित विमानस्थलबाट चार जना पक्राउ

काठमाडौं, १५ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ केजी ७४५ ग्राम सुन जस्तो देखिने पहेंलो रङको धातु सहित ४ जना उज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ । गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषलाई मलद्वारमा लुकाएर छिपाइ ल्याएको अवस्थामा प्रहरीले ३ किलो ७४५ ग्राम सो धातु बरामद गरेको हो। पक्राउ […]

पूरा पढ्नुहोस्

तरकारी किसानलाई सिंचाई उपहार प्रदान

चितवन, २१ फागुन । आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई सिंचाई उपहार कोष कार्यक्रमको पहिलो पुस्ताको उपहार प्रदान गरेको छ । भरतपुर–२४ मा रहेको यस सहकारीले आज एक कार्यक्रमका विच सिंचाई विकासका लागि दोस्रो चरणमा ४ जनालाई गरि ६ लाख ५० हजार रकम उपहार प्रदान गरेको हो । जसमा सञ्जीता पौडेलले २ […]

पूरा पढ्नुहोस्

उमेर नपुग्दै आमा

बागलुङ, २८ माघ । ‘बिहेवारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा चुनौती देखिएको छ । कानुनले २० वर्षअगावै बिहे गर्न वर्जित गरेपनि दुर्गम गाउँमा अझै बालविवाह व्याप्त छ । यहाँको निसीखोला गाउँपालिकाभित्र २० वर्ष नपुग्दै आमा हुनेको सङ्ख्या अधिक छ । निसीखोला गाउँपालिकामा एक वर्षमै २० वर्षमुनिका ५८ जना आमा बनेका छन् । गाउँपालिकाका अनुसार […]

पूरा पढ्नुहोस्

स्वतन्त्र अभिव्यक्ति विरुद्धको विधेयक कुनै पनि हालतमा पारित हुँदैन : गगन थापा

भरतपुर २८,माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक यत्तिकै पारित हुन नसक्ने बताएका छन्। सोमबार चितवन आइपुगेका महामन्त्री थापाले उक्त विधेयकभित्रै थुप्रै समस्या रहेको हुँदा त्यसलाई संशोधन नगरिकन पारित गर्न नसकिने बताएका हुन्। ‘त्यो विधेयक यत्तिकै पारित हुँदैन, हुन दिइँदैन। यसमा धेरै समस्या छन्,’ उनले भने, ‘यो विधेयक २०७५ सालमा […]

पूरा पढ्नुहोस्

भरतपुरमा ईभी कारको ठक्करबाट एकको मृत्यु, एक जना घाइते

चितवन, २८ माघ । भरतपुर महानगरपालिका–१४ भावना चोकमा ईभी कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । आइतवार बेलुका ५ः४० बजेको समयमा गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको बागती प्रदेश०१–०२९ च ७५९७ नम्बरको ईभी कार र शिवनगर स्कुलबाट हनुमाननगरतर्फ आउदै गरेको बागमती प्रदेश०६–००१प ५०४८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका […]

पूरा पढ्नुहोस्

भरतपुरका छ स्थानमा ‘ट्राफिक लाइट’ राखिने

चितवन, २७ माघ । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका छ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो । भरतपुर महानगरपालिकाले मुख्य स्थानमा ट्राफिक लाइट जडानका लागि डिभिजन सडक कार्यालयलाई आग्रह गर्दै आएको थियो । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक […]

पूरा पढ्नुहोस्

खानेपानीका मिटर चोरीका घटना बढ्दो

चितवन, २७ माघ । हेटौँडामा पछिल्लो समय खानेपानीका मिटरको चोरी हुन थालेको छ । डेढ महिनामा करिब एक सय बढी खानेपानीका मिटरहरु चोरी भएका छन् । घरको कम्पाउण्डभित्र जडान गरिएका खानेपानीका मिटर चोरी हुने गरेको हो । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाका अनुसार गत पुसदेखि मिटर चोरी हुन थालेको हो । उपभोक्ताहरूले […]

पूरा पढ्नुहोस्

रविलाई ५४ लाख धरौटीमा छोड्न चितवन अदालतको आदेश

चितवन, २४ माघ । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत […]

पूरा पढ्नुहोस्

गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु

चितवन, २४ माघ । चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ । निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै जाइलागेपछि मकुनालाई तर्साउन भन्दै गोली प्रहार गरिएको थियो । बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना […]

पूरा पढ्नुहोस्

एकल चेपाङ महिलालाई बाख्रा वितरण

चितवन, २४ माघ । एकल महिलाहरुको आयआर्जन वृद्धि गर्नका लागि इच्छाकामना गाउँपालिका वडा नम्बर–१ मा बाख्रा वितरण गरिएको छ । सपना भिलेज सोसियल इम्प्याक्ट नाम सामाजिक संस्थाले सो स्थानका १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई आयआर्जनका लागि बाख्रा वितरण गरेको हो । सशक्तीकरण परियोजना मार्फत उपहार स्वरूप बाख्रा प्रदान गरिएको हो । सीमान्तकृत चेपाङ […]

पूरा पढ्नुहोस्