चितवन, २१ फागुन ।
आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई सिंचाई उपहार कोष कार्यक्रमको पहिलो पुस्ताको उपहार प्रदान गरेको छ ।
भरतपुर–२४ मा रहेको यस सहकारीले आज एक कार्यक्रमका विच सिंचाई विकासका लागि दोस्रो चरणमा ४ जनालाई गरि ६ लाख ५० हजार रकम उपहार प्रदान गरेको हो । जसमा सञ्जीता पौडेलले २ लाख, द्वारिका पौडेलले १ लाख ५० हजार, विष्णु कुमारी पोख्रेलले ५० हजार र विमला पोख्रेलले २ लाख ५० हजार प्राप्त गरेका हुन् । उपहार स्वरुपको यो रकम आवश्यकताका आधारमा सिंचाईको विकासमा खर्च गर्नुपर्ने र २ बर्षमा ४ किस्ता गरि बिना ब्याज, साँवा मात्रै फिर्ता गर्नुपर्ने संस्थाको नियम रहेको छ ।
हेफर ईन्टरनेशनल नेपालको ३१ लाख ३२ हजार ९ सय १७ रुपैयाको आर्थिक सहयोगमा सहकारीले यो कार्यक्रम गरेको संस्थाकी अध्यक्ष सुभद्रा घिमिरेले जानकारी दिईन् । यस कार्यक्रमबाट पहिलो चरणमा १८ जना शेयर सदस्य लाभान्वित भएका थिए । बाकी रकम पनि क्रमिक रुपमा उपहार स्वरुप शेयर सदस्यलाई उपलब्ध गराउदै जाने अध्यक्ष घिमिरेको भनाई छ ।
हेफर ईन्टरनेशनलले अनुदान दिएको मुल पुजीँ बराबरको रकम खेति गरिरहेका किसानहरुलाई सिंचाई सुविधाका लागि विना ब्याज खर्च गर्न उपलब्ध गराउने, निश्चित समय पछि त्यो साँवा फिर्ता गर्ने र पुनहः अर्काे किसानलाई त्यहि अनुसार दिने प्रक्रिया नै सिंचाई उपहार कोष कार्यक्रम हो । यो कार्यक्रम पश्चात सहज सिंचाईको ब्यवस्था हुदा किसानहरुको उत्पादनमा वृध्दि हुनुका साथै आर्थिक उन्नती पनि राम्रो हुने गरेको हेफर ईन्टरनेसनल कि कार्यक्रम संयोजक सीता पौडेलको भनाई रहेको छ ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नं.२४ का वडा अध्यक्ष राम गोदारले विना ब्याजको यस कार्यक्रमले तरकारी खेति गरिरहेका किसानहरु लाभान्वीत भएकोमा खुसी ब्यक्त गरे । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका गोदारले संस्थाले सिंचाईको विकासमा गर्ने हरेक क्रियाकलापमा महानगरको तर्फबाट सहयोग गर्न सधै तयार रहेको प्रतिबध्दता समेत ब्यक्त गरे ।
हेफर ईन्टरनेसनलको कुल ७२ लाखको यो योजना, भरतपुर महानगरपालिकामा रहेको आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्था र कालिका नगरपालिकामा रहेको दिप सामाजिक उद्यमी महिला सहकारी संस्थामा रहेको छ । सन् २०२६ सम्म कार्यक्रमको अवधि रहेको महिला समुह समन्वय समिति कि अध्यक्ष ईन्द्रा पौडलले जानकारी दिईन् ।
आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्थाको कार्यक्षेत्र भरतपुर महानगरपालिका वडा नं.२३, २४ र २५ मा रहेकोमा यस संस्थाले किराना पसल सञ्चालन, रासायनीक मलको विक्रिवितरण, मालसामान ढुवानी, तरकारी उत्पादन, सिंचाईका कार्यक्रमहरु जस्ता कार्यहरु गर्दै आईरहेको छ । कार्यक्रम संस्थाकी अध्यक्ष सुभद्रा घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्