२४ माघ २०८१, बिहीबार १२:५३
चितवन, २४ माघ ।
एकल महिलाहरुको आयआर्जन वृद्धि गर्नका लागि इच्छाकामना गाउँपालिका वडा नम्बर–१ मा बाख्रा वितरण गरिएको छ । सपना भिलेज सोसियल इम्प्याक्ट नाम सामाजिक संस्थाले सो स्थानका १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई आयआर्जनका लागि बाख्रा वितरण गरेको हो । सशक्तीकरण परियोजना मार्फत उपहार स्वरूप बाख्रा प्रदान गरिएको हो ।
सीमान्तकृत चेपाङ समुदायका एकल महिलाको जीवनस्तर उकास्न तथा आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । संस्थाले सोही परियोजना मार्फत गत वर्ष पनि १६ जना महिलालाई जनही चार वटा बाख्रा वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्