Tag: bharosaonline
३ केजी ७४५ ग्राम सुन जस्तो देखिने पहेंलो रङको धातु सहित विमानस्थलबाट चार जना पक्राउ
काठमाडौं, १५ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ केजी ७४५ ग्राम सुन जस्तो देखिने पहेंलो रङको धातु सहित ४ जना उज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ । गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषलाई मलद्वारमा लुकाएर छिपाइ ल्याएको अवस्थामा प्रहरीले ३ किलो ७४५ ग्राम सो धातु बरामद गरेको हो। पक्राउ […]
पूरा पढ्नुहोस्
उमेर नपुग्दै आमा
बागलुङ, २८ माघ । ‘बिहेवारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा चुनौती देखिएको छ । कानुनले २० वर्षअगावै बिहे गर्न वर्जित गरेपनि दुर्गम गाउँमा अझै बालविवाह व्याप्त छ । यहाँको निसीखोला गाउँपालिकाभित्र २० वर्ष नपुग्दै आमा हुनेको सङ्ख्या अधिक छ । निसीखोला गाउँपालिकामा एक वर्षमै २० वर्षमुनिका ५८ जना आमा बनेका छन् । गाउँपालिकाका अनुसार […]
पूरा पढ्नुहोस्
खानेपानीका मिटर चोरीका घटना बढ्दो
चितवन, २७ माघ । हेटौँडामा पछिल्लो समय खानेपानीका मिटरको चोरी हुन थालेको छ । डेढ महिनामा करिब एक सय बढी खानेपानीका मिटरहरु चोरी भएका छन् । घरको कम्पाउण्डभित्र जडान गरिएका खानेपानीका मिटर चोरी हुने गरेको हो । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाका अनुसार गत पुसदेखि मिटर चोरी हुन थालेको हो । उपभोक्ताहरूले […]
पूरा पढ्नुहोस्
गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु
चितवन, २४ माघ । चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ । निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै जाइलागेपछि मकुनालाई तर्साउन भन्दै गोली प्रहार गरिएको थियो । बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना […]
पूरा पढ्नुहोस्
एकल चेपाङ महिलालाई बाख्रा वितरण
चितवन, २४ माघ । एकल महिलाहरुको आयआर्जन वृद्धि गर्नका लागि इच्छाकामना गाउँपालिका वडा नम्बर–१ मा बाख्रा वितरण गरिएको छ । सपना भिलेज सोसियल इम्प्याक्ट नाम सामाजिक संस्थाले सो स्थानका १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई आयआर्जनका लागि बाख्रा वितरण गरेको हो । सशक्तीकरण परियोजना मार्फत उपहार स्वरूप बाख्रा प्रदान गरिएको हो । सीमान्तकृत चेपाङ […]
पूरा पढ्नुहोस्
सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम
भोजपुर, २२ माघ । जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ । गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ । कार्यक्रम अन्तर्गत पौवादुङमाका छ वटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एक÷एक वटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष […]
पूरा पढ्नुहोस्