महिला बालबालिका

गैंडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाइन्

गैंडाकोट – पूर्वी नवलपरासीको गैंडाकोटमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । गैंडाकोट नगरपालिका २ एसपीएम चोक बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बुधबार श्रीमानसँग सामान्य झगडा भएपछि कोठाभित्र पसेर चुक्कल लगाएर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला […]

पूरा पढ्नुहोस्

तीजलाई तडकभडक गरेर मनाएमा कारबाही हुन्छ : चितवन प्रशासन

चितवन – चितवन प्रशासनले हिन्दू नारीहरुको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन अनुरोध गरेको छ ।जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरेर आउँदै गरेको तीजमा खर्चिला कार्यक्रम गरेर तडकभडक गरेमा कारबाही गर्ने जनाएको हो । प्रशासनले सूचनामा तडकभडकका साथ तीज मनाउँदा विकृति र सामाजिक अपराधका घटनामा प्रोत्साहन हुने भएकोले त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो […]

पूरा पढ्नुहोस्

डेंगुले ४२ दिनकी सुत्केरीको मृत्यु

उदयपुर – जिल्लाको रौतामाई गाउँपालिका–७ की ४२ दिनकी एक सुत्केरीको डेंगु सङ्क्रमणका कारण मृत्यु भएको छ । रौतामाई–७ शिखर गाउँकी २४ वर्षीया सुमित्रा मगरको मृत्यु भएको हो। गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार सुमित्रालाई डेंगु सङ्क्रमण भएपछि उपचारका लागि जिल्ला अस्पताल गाईघाटमा जाँच गराएर उपचार गराइएको थियो।जिल्ला अस्पताल उदयपुरले रिफर गरेपछि उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो […]

पूरा पढ्नुहोस्

इन्टरनेटले बालबालिका यौनदुर्व्यवहारमा

काठमाडौँ – सूचना प्रविधिको प्रयोगका कारणले बालबालिका यौनदुर्व्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । बाल आवाजले यहाँ सार्वजनिक गरेको ‘अनलाइन बाल यौनदुव्र्यवहारको अवस्था तथा नीतिगत विश्लेषणसम्बन्धी अध्ययन’मा इन्टरनेटका कारणले १८ वर्ष मुनिका बालबालिका यौनदुर्व्यवहारमा पर्ने गरेको जनाएको छ । महान्याधिवक्ता डा दिनमणि पोखरेलले अनलाइन अपराधले समाजिक मात्र नभइ मनोविज्ञान रुपमा असर पार्ने बताए। उनले […]

पूरा पढ्नुहोस्

पिकनिक खान गएका भरतपुरका दुई जना त्रिशुली नदीमा बेपत्ता

चितवन – भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुखधुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन् । वनभोज खान गएका उनीहरू दिउँसो सा चितवन । भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुखधुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन् । वनभोज खान गएका उनीहरू दिउँसो साढे चार बजेतिर नदीमा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका […]

पूरा पढ्नुहोस्

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

काठमाडौँ – चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय […]

पूरा पढ्नुहोस्

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप सञ्चालन गर्न गाभीसँग १७ लाख मात्र माग

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।मन्त्रालयको परिवार कल्याण महाशाखाले यसै आर्थिक वर्षमा खोप अभियानका लागि भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई औपचारिकरूपमा प्रस्ताव पेश गरी पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एचपिभी’ माग गरेको हो । परिवार […]

पूरा पढ्नुहोस्

काठमाडौँ महानगरले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ ।गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी रू १५ दिँदै आइरहेकामा महानगरले गत […]

पूरा पढ्नुहोस्

झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’

झापा – अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन् ।तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्याएर बेचेको उनकी आमा लखी मुर्मुले जानकारी दिइन्। “ओमान लाने भनेर इराक पुर्याएछन्”, पीडितकी आमा लखीले […]

पूरा पढ्नुहोस्

उमेरले छेकेन ६१ वर्षीया प्रेमकुमारीको पढ्ने रहर

बाँके – कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्छिन् । बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी कक्षा कोठाको अघिल्लो लाइनमा बस्छिन् । कक्षामा नियमित उपस्थित हुने उहाँको अरू विद्यार्थीसरह पढाइमै ध्यान केन्द्रित हुन्छ । ज्ञानज्योति माविको कक्षा […]

पूरा पढ्नुहोस्