१३ आश्विन २०८०, शनिबार २१:१७
चितवन, १३ असाेज ।
सामाजिक सेवा र महिलाहरुकाे सीप विकास गर्ने उदेश्यले महिलाहरुद्धारा स्थापना भएकाे गैर नाफामुलक संस्था स्पन्दन नेपालकाे अध्यक्षमा अनिता खनाल चयन भएकी छन् ।
संस्थाका अध्यक्ष इन्दिरा भूसालको अध्यक्षतामा भएको छैटौं साधारणसभा तथा दोश्रो अधिवेसनले खनालको अध्यक्षतामा ९ सदस्यीय कार्यसममिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा सावित्री पौडेल र मन्जु पाठक सचिवमा बिमला दाहाल, सहसचिवमा शोभा बास्तोला र कोषाध्यक्षमा सिता भुसाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शकुन्न्तला धरेल, सावित्री शर्मा, पार्वती गुरुङ र बिमला घिमिरे रहेका छन् । नवनिर्वाचित कार्यसमितिको आज बसेको पहिलो बैठकले संस्थाको सल्लाहकारमा गोमा भट्टराई, रन्जु मैनाली र इन्द्रमाया श्रेष्ठलाई चयन गरेको छ ।

प्रतिकृया दिनुहोस्