महिला बालबालिका

स्वास्थ्य मन्त्रालयद्वारा दादुरा रोगविरुद्धको खोप अभियान सञ्चालन हुँदै

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । दादुरा रोगलाई सन् २०२६ सम्ममा निवारण गर्ने लक्ष्यका साथ मन्त्रालयले यसै आर्थिक वर्षभित्र देशभरिका बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप लगाउन अभियान सञ्चालनको तयारी गरेको हो । खोप अभियानका लागि स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा […]

पूरा पढ्नुहोस्

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता

भक्तपुर – कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न […]

पूरा पढ्नुहोस्

व्यापार नीतिमा महिलालाई मूल प्रवाहमा ल्याइँदै

काठमाडौँ – व्यापारसम्बन्धी नीतिमा महिलाहरूलाई प्रोत्साहित गर्न लैङ्गिक सोच अभिवृद्धिको खाँचो औँल्याइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियनको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम कार्यान्वयन गरिरहेको अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी) को सि–ट्रेड इनिसियटिभ्सको संयुक्त आयोजनामा भएको दुई दिने व्यापार तथा लैङ्गिक मूल प्रवाहीकरण कार्यशालामा सरोकारवालाहरूले सो विषयमा जोड दिएका हुन् । […]

पूरा पढ्नुहोस्

आदर्श नारी विकास केन्द्र भरतपुरको त्रिवर्षिय रणनीतिक योजना गोष्ठी सम्पन्न

चितवन – आदर्श नारी विकास केन्द्र भरतपुरको त्रिवर्षिय रणनीतिक योजना गोष्ठी सम्पन्न भएको छ । यही साउन २६ र २७ गते चितवनको कविलास रिसोर्टमा दुई दिन संचालन भएको त्रिवर्षिय रणनितिक योजना तर्जुमा गोष्ठिबाट लक्ष्य सहितका त्रिबर्षीय कार्ययोजना तय भएका हुन् । गोष्ठीमा संस्था स्थापनाको उद्धेश्य, हालसम्मको प्रगती र आगामी दिनको रणनीति सगै नेतृत्व विकासबारे छलफल […]

पूरा पढ्नुहोस्

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमाएक युवक पक्राउ

बाँके – १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेमा एक युवक पक्राउ परेका छन् । सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने २३ वर्षीय भीमबहादुर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई […]

पूरा पढ्नुहोस्

भारतको पञ्जाब पुगेकी १६ वर्षीया किशोरीको उद्धार

कृष्णनगर – भारतको पञ्जाबबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ । कञ्चनपुर घर भएकी ती किशोरीलाई मङ्गलबार उद्धार गरी नेपाल ल्याइएको छ । भारतमा रहेको अखिल भारत नेपाली एकता मञ्चकी मोनिका बरालको सहयोगमा भारत पञ्जाबको लुधियानामा अलपत्र परेको अवस्थामा उनलाई उद्धार गरिएको शान्ति पुनःस्थापना गृह कपिलवस्तुले जनाएको छ । किशोरीलाई घर परिवारको जिम्मा लगाउने […]

पूरा पढ्नुहोस्

सुन्दरता विग्रने गलत धारणाका कारण स्तनपान गराउनेको संख्या कम

चितवन – आमाको सुन्दरता विग्रने गलत धारणाका कारण सहरीया, पढेलेखेका र धनी महिलाले स्तनपान कम गराउने गरेका छन् । एक तथ्याङ्कले ग्रामीण क्षेत्र र अशिक्षित महिलाले भने धेरै स्तनपान गराउने देखाएको छ । स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार बच्चा जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गराउनेमा अशिक्षित महिला बढी छन् । माध्यमिक शिक्षा अध्ययन गरेका […]

पूरा पढ्नुहोस्

गर्भवतीको मृत्यु प्रकरणमा साढे २७ लाख क्षतिपूर्ती

चितवन – चितवनको मनकामना अस्पतालमा तीन महिने गर्भवतीको मृत्यु भएको विषयमा अस्पताल र मृतकका आफन्तबीच सहमति भएको छ । भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा गएराति १२ बजेतिर मृत्यु भएको हो थियो । सहमती अनुसार अस्पतालले गल्ती स्वीकारदै पिडित पक्षलाई २७ लाख ५० हजार रुपैंया दिएको छ । वार्ताकै क्रममा पिडित […]

पूरा पढ्नुहोस्

घरायसी बिबादका कारण कञ्चनपुरमा चक्कु प्रहार गरी श्रीमतीको हत्या

महेन्द्रनगर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले शुक्रबारराति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी– ७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ । “प्रारम्भिक अनुसन्धानबाट […]

पूरा पढ्नुहोस्

छोरी जन्माउने आमालाई नगरपालिकाले दुई हजार भत्ता दिने

धनगढी – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छोरी जन्माउने आमालाई २ हजार प्रोत्साहन भत्ता वितरण गर्ने भएको छ। चालु आर्थिक वर्षदेखि लागु हुने गरी नगरपालिकाले ‘बालिका प्रोत्साहन’ कार्यक्रम अन्तरगत भत्ता वितरण गरिने नगर उपप्रमुख द्रोपती रानाले बताइन्। ‘भ्रुण परीक्षण गरेर छोरी भए, अपरेशन गरेर फाल्ने चलन छ। त्यसलाई रोक्न हामीले बालिका प्रोत्साहन कार्यक्रम अघि सारेका छौं, यसले […]

पूरा पढ्नुहोस्