महिला बालबालिका

आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय पाँच दिनका लागि बन्द

चितवन – आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय पाँच दिन बन्द भएको छ । भरतपुर महानगरपालिकाले आज एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरु बिदा गरेको हो । सूचनामा हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी भोलि सोमबार २२ गतेबाट २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको उल्लेख गरिएको छ । विद्यालयमा एडिनो भाइरसको […]

पूरा पढ्नुहोस्

स्तनपान सप्ताह : ‘कार्यालय स्तनपानमैत्री हुन आवश्यक’

शरद् शर्मा, काठमाडौँ – नेपालमा कार्यालयमा नै स्तनपान कक्ष नभएकाले छ महिनासम्म स्तनपान गर्न पाउने शिशुको सङ्ख्या घट्दै गएको देखिएको छ । धेरैजसो महिला शिशुलाई घरमा नै छाडेर कामकाजमा जाने र कार्यालयमा स्तनपान कक्ष नभएकाले शिशुले स्तनपान गर्न नपाएको बताइएको छ । सुत्केरीपछि आमा काममा फर्किनुपर्ने कारणले गर्दा स्तनपानलाई निरन्तरता दिन आमाले चुनौती व्यहोर्नु परेको […]

पूरा पढ्नुहोस्

भरतपुरको मनकामना अस्पतालमा गर्भवतीको मृत्यु भएपछि तनाव

चितवन – चितवनको मनकामना अस्पतालमा गएराती गर्भवतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा गएराति १२ बजेतिर मृत्यु भएको हो । चिकित्सकले लापरबाही गर्दा तीन महिने गर्भवतीको मृत्यु भएको मृतकका आफन्तहरुले आरोप लगाएका छन् । अस्पतालले हिजोराती अचानक विरामीको मृत्यु भएको खबर आफुहरुलाई दिएको पिडितहरुले बताएका छन् । […]

पूरा पढ्नुहोस्

छोरीलाई विष खुवाइ हत्या गरेको आरोपमा आमालाई तीन वर्ष कैद

तनहुँ – तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ ।अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले […]

पूरा पढ्नुहोस्

चितवनमा रास्वपाद्वारा निःशुल्क ‘ब्लु बस’ सञ्चालन

चितवन – चितवन क्षेत्र नम्वर २ का सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क बस सेवा संचालनमा ल्याएका छन् । आफु निर्वाचित भएको सय दिन पुगेको अवसरमा आज सांसद लामिछानेले निःशुल्क बस सेवा संचालनमा ल्याएका हुन् । उनले भरतपुरको बाइपासस्थित पार्टीको सचिवालयबाट बस चढेर सेवा सुरुवात गरेका छन् । ब्लु बस […]

पूरा पढ्नुहोस्

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँ – तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। […]

पूरा पढ्नुहोस्

स्तनपान सप्ताह : ‘छ महिनासम्म शिशुलाई आमाको दूधमात्र खुवाउनू’

काठमाडौँ – नेपालसहित विश्वभरि नै आजदेखि ‘विश्व स्तनपान सप्ताह’ मनाउन थालिएको छ । ‘स्तनपान मैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरूको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ उक्त सप्ताह मनाउन थालिएको हो । काममा फर्किनुपर्ने कारणले स्तनपानलाई निरन्तरता दिन र नियमित बनाउन स्तनपान गराउने आमाले चुनौती ब्यहोर्दै आउनुपरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यस्थलमा स्तनपानका लागी सहज […]

पूरा पढ्नुहोस्

मानब बेचबिखन नियन्त्रणका लागी प्रशिक्षण कार्यक्रम सम्पन्न

चितवन, १४ साउन मानब वेचबिखन नियन्त्रणका लागी आईतबार चितवनको भरतपुरमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मानब बेचबिखन बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आशिष सामाजिक सेवा नेपालले भरतपुर ९ का जनप्रतिनिधि, नागरिक अगुवा, बिभिन्न संघ संस्थाका प्रतिनिध र युवाहरुका लागी जानकारी मुलक प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । भरतपुर ९ का वडाध्यक्ष यमलाल कँडेलको […]

पूरा पढ्नुहोस्

मानब बेचबिखन बिरुद्धको अन्तराष्ट्रिय दिवस : बिद्यार्थीहरुको लागी सचेतना

चितवन, १४ साउन मानब वेचबिखन बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आईतबार भरतपुरको मीलिनियम कलेजका बिद्यार्थीहरुा लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । मानव वेचबिखनको आयामहरु परिवर्तन भएसँगै विकट गाँउका, शिक्षाको अभावमा भएका र गरिबीमा भएका व्यक्तिहरुमात्र नभई शहरी क्षेत्रका शिक्षीत युवा युवतीहरु समेत बिभिन्न प्रलोभनमा परि बेचबिखनको शिकार हुने गरेकाले कलेजका बिद्यार्थीहरुलाई अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको […]

पूरा पढ्नुहोस्

इन्जिनियरको यौन दुर्व्यवहारमा परेकी महिला एक महिनादेखि न्यायको याचनामा

काठमाडौँ– गत असार ३१ गते टिकटकमा दुईवटा भिडियो पोस्ट भयो। पृष्ठभूमिमा भारतीय गायिका नेहा कक्कडको ‘भिगे नैना….’ गीत बजिरहेको थियो। अगाडिको स्क्रिनमा पूरै ढाकिने गरी लामो ‘टेक्स्ट’ लेखिएको थियो। त्यसको पछाडि भने रुँदै गरेकी एक महिला देखिएकी थिइन्। स्क्रिनमा देखिएको टेक्स्टमा ती महिलाले आफैँ काम गर्ने घरका मालिकले पटकपटक जबरजस्ती करणीको प्रयास गरेको भन्दै न्याय […]

पूरा पढ्नुहोस्