महिला बालबालिका

सिक्किम सरकारले सुत्केरीलाई एक वर्ष लामो तलबी बिदा दिने

भारतको सिक्किम सरकारले सुत्केरीलाई एक वर्ष लामो तलबी बिदा दिने भएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकारी कर्मचारीहरूलाई १२ महिनाको सुत्केरी बिदा दिने बताउनुभएको हो । यससँगै पितृत्व बिदा पनि एक महिना पुर्‍याइएको छ । श्रीमती सुत्केरी हुँदा श्रीमानले पनि एक महिना लामो बिदा पाउनेछन् । समाचार एजेन्सी पीटीआईका अनुसार मुख्यमन्त्रीले कर्मचारीलाई यो सुविधा […]

पूरा पढ्नुहोस्

सम्पत्तिको लोभमा श्रीमतीको हत्या

बारा – बारामा सम्पत्तिको लोभमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारत, बिहार राज्यको पूर्वी चम्पारण ढाका ग्राम पञ्चायत पोष्ट पचपकडी–१४ बस्ने ३१ वर्षीय महम्मद अमिनुल्लाले २२ वर्षीय आफ्नी श्रीमती आसमिन खातुनलाई छुरीले घाँटी रेटी हत्या गरेको निमित्त प्रहरी प्रवक्ता जयकृष्णप्रसाद कुर्मीले जानकारी दिए । सिम्रौनगढ नगरपालिका–६ बजारमा ससुरा जाहिर मियाँको घरमा तीन […]

पूरा पढ्नुहोस्

एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा चितवनकी पत्रकार गौतमको दाबेदारी

चितवन – गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष पदमा चितवनकी पत्रकार पुनम गौतमले उम्मेद्वारी दिने भएकी छन् । वर्तमान कार्यसमिति सदस्य रहेकी उनले (आइतबार) वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिने घोषणा गरेकी हुन् । वर्तमान कार्यसमितिमा रहेर सकृय भुमिका निर्वाह गरिरहेकी गौतमले आगामी कार्यकालको लागि अझ सशक्त भुमिका निर्वाह गर्ने उद्देश्यले उम्मेद्वारी दिन लागेको […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरले गर्‍यो कक्षा ११ मा छात्रवृत्ति पाउने २८३ जना विद्यार्थी छनोट

चितवन – चितवनको भरतपुर महानगरपालिकाले चालु शैक्षिक सत्रमा कक्षा ११ मा निजी तथा सामुदायिक विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको छ । भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको आइतबार बिहान बसेको बैठकले छात्रवृत्तिका लागि २८३ जना विद्यार्थी छनोट गरेको महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरुमा निजी विद्यालय […]

पूरा पढ्नुहोस्

हात्ती कज्याउने महिला माहुतेकाे कथा

वसन्त पराजुली/ साभार गाेरखापत्र भरतपुर, साउन ६ गते । महिलाले हात्तीलाई वशमा लिएर सदाउने र सिकाउने गरेको सुन्दा अचम्म लाग्न सक्छ! त्यस्तै अचम्मको काम गर्दै हुनुहुन्छ पर्यटकीय नगरी सौराहानजिकैको बछ्यौलीकी मीना चौधरी। जङ्गली जनावरमध्येको सबैभन्दा ठुलो हात्तीलाई आफ्नो वशमा राखेर जे गर भन्यो त्यही गराउनु आफैँमा कम चुनौतीपूर्ण हुँदैन। त्यही चुनौतीपूर्ण काममा मीना १२ वर्षदेखि […]

पूरा पढ्नुहोस्

आदर्श नारी बिकास केन्द्रको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण

चितवन – आदर्श नारी बिकास केन्द्र भरतपुरको नयाँकार्य समितिलाई पदहस्तान्तरण गरिएको छ । केन्द्रका निवर्तमान अध्यक्ष मीना खरेलले नव विर्नाचित अध्यक्ष उषा खरेल सुवेदि लगाएतलाई पदहस्तान्तरण गरिएको हो । नयाँ कार्य समितिलाई पदहस्तान्तरण गर्दै खरेलले बधाई तथा शुभकामना सहित आगामि दिनहरूमा उदाहरणिय काम गरी संसारभर संस्थाको नाम उजागर गराउनको लागि थप उर्जा प्रदान गर्नुभयो । […]

पूरा पढ्नुहोस्

७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

दाङ – तुलसीपुरमा मध्यराति ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ। बिहीबार मध्यराति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दियो। प्रहरीका अनुसार बलात्कार गरिरहेकै अवस्थामा दुईजना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर […]

पूरा पढ्नुहोस्

छोरी जन्मने बित्तिकै पाँच हजार खातामा

रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए । यही साउन १ […]

पूरा पढ्नुहोस्

२७ बर्षिय महिला झुण्डिएको अवस्थामा मृत फेला

चितवन , १ असार । चितवनमा २७ बर्षिय महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । आज सोमबार १२:४० बजेको समयमा चितवनको राप्ति नगरपालिका ५ घर भई हाल रत्ननगर नगरपालिका ६ बस्ने सृजना मिजार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनी रत्ननगर ६ मा हरिभक्त घिमिरेको घरमा डेरामा किराना पसल तथा चिया पसल संचालन […]

पूरा पढ्नुहोस्

लक्ष्मी बस्नेत सचिवमा बढुवा

चितवन, २७ असार मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव लक्ष्मी बस्नेतलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत बस्नेतलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा गत आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले बस्नेतलाई सचिवका लागि एकल सिफारिस गरेको थियो ।

पूरा पढ्नुहोस्