२० श्रावण २०८०, शनिबार ११:०१
चितवन – चितवनको मनकामना अस्पतालमा गएराती गर्भवतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा गएराति १२ बजेतिर मृत्यु भएको हो । चिकित्सकले लापरबाही गर्दा तीन महिने गर्भवतीको मृत्यु भएको मृतकका आफन्तहरुले आरोप लगाएका छन् । अस्पतालले हिजोराती अचानक विरामीको मृत्यु भएको खबर आफुहरुलाई दिएको पिडितहरुले बताएका छन् ।
गर्भपतनको लागि अस्पताल आएकी उनको अपरेसन पछि अत्याधिक रक्तश्राव भएर मृत्यु भएको आफन्तले बताएका छन् । गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । अस्पतालमा तनाव सिर्जना भएपछि राती १ बजेदेखि नै बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । अहिले पिडित पक्ष र अस्पतालविच वार्ता भइरहेको छ । मृतकका आफन्तले अस्पताल घेरेका छन् । अस्पतालले आधिकारीक रुपमा घटना सार्वजनिक गरेको छैन ।

प्रतिकृया दिनुहोस्