मध्य नेपालको चितवन तथा आसपासका जिल्लाहरूलाई आधार क्षेत्र बनाएर डिजिटल प्लेट फर्म मार्फत सञ्चालनमा आएको अनलाइन पत्रिका एटुजेड समाचार डटकमले संस्कृति संरक्षणमा चल्ने कलमको सम्मान गर्दै उक्त प्रतीयोगिता आयोजना गरेको हो ।
चितवनबाट पत्रकारिता शुरु गरि हाल जिल्ला, जिल्ला बाहिर वा बिदेशमा समेत रहेका महिला पत्रकार / सञ्चारकर्मीहरूलाई पुनः चितवन संग जोड्ने र मौलिक कला/संस्कृतिको महत्त्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरिएको एटुजेड समाचार डटकमका अध्यक्ष किशोर चन्द्र सापकोटाले जानकारी दिए ।
आर्टिकल नेपाली भाषामा कम्तीमा १२०० शब्दको हुनुपर्नेछ । त्यस्तै प्रिति वा नेपाली युनिकोड फन्टमा टाइप गरि ईमेल a2zsamachar2075@gmail.com मा २०८० भाद्र ३० गते ४ बजेसम्ममा आफ्नो, स्थायी ठेगाना, सम्पर्क मोबाइल नं. र फोटो सहित पठाउनुपर्ने छ । समयसीमा भित्र प्राप्त भएका आर्टिकलहरूलाई भाद्र ३१ गते बिहान ११ बजेसम्म एटुजेड समाचारको वेबसाईट र फेसबुक पेजमा प्रकाशन गरिने छ ।
फेसबुक पेजमा असोज २ गतेसम्म गरिएका लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगिहरूको छनौट गरि पुरस्कृत गरिनेछ ।
आर्टिकल लेखनमा प्रथम हुनेलाई २० हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कार प्रदान गरिने छ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ ।
आयोजक सस्था एटुजेड समाचार डटकम डिजिटल पत्रिका फेसबुक प्लेटफर्म मार्फत पनि प्रकाशित हुने हुँदा सामाजिक सन्जाल प्रयोगमा पत्रकार र पाठक दुबै बर्गको सकारात्मक सक्रियताका लागि २०% निर्णयको आधार छुट्टाइएको अध्यक्ष सापकोटाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्