भरतपुर २८,माघ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक यत्तिकै पारित हुन नसक्ने बताएका छन्। सोमबार चितवन आइपुगेका महामन्त्री थापाले उक्त विधेयकभित्रै थुप्रै समस्या रहेको हुँदा त्यसलाई संशोधन नगरिकन पारित गर्न नसकिने बताएका हुन्।
‘त्यो विधेयक यत्तिकै पारित हुँदैन, हुन दिइँदैन। यसमा धेरै समस्या छन्,’ उनले भने, ‘यो विधेयक २०७५ सालमा पनि गलत थियो, २०८० मा पनि गलत थियो र २०८१ मा पनि गलत छ। त्यसकारण संशोधन आवश्यक छ।’
सरकारको साझेदार दल नेकपा एमालेसँग बसेर छलफल गरेपछि मात्रै विधेयक पारित गर्न सकिने उनले बताए। ‘यस्तो महत्त्वपूर्ण विषयमा कांग्रेस र एमालेबीच साझा धारणा हुनुपर्छ,’ उनले भने, ‘अरु पार्टीसँग पनि बस्छौं।’
महामन्त्री थापा नेपाली कांग्रेस खैरहनी नगर समितिले सोमबार पुर्वी चितवनको खैरहनी ५ ठूलो गौचरणमा आयोजना गरेको पार्टी सदस्य भेटघाट तथा बनभोज कार्यक्रममा सहभागी हुन चितवन आएका हुन।

प्रतिकृया दिनुहोस्