२४ भाद्र २०८२, मंगलवार ०७:२७
चितवन । नेकपा एमाले भरतपुर महानगरपालिका वडा नं ६ कमिटि अध्यक्ष उमेश तिवारीले पार्टी परित्यागको घोषणा गर्नु भएको छ । जेनजी युवाहरुको आन्दोलनमा सरकाको नेतृत्व गरिरहेका पार्टी अध्यक्ष के पी शर्मा ओलीले गरेको दमनको बिरोध स्वरुप तिवारीले पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
सामाजिक संजाल फेसबुक मार्फत उहाँले आजैका मिती देखी नेकपा एमालेको सम्पुर्ण पद जिम्मेवारी र सदस्य समेत नरहने गरि पार्टि परित्याग गरेको जानकारी दिनु भएको हो ।

प्रतिकृया दिनुहोस्