समाचार

एसईईको नतिजा सार्वजनिक

चितवन २१,असार राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । २०७९ सालको एसईईमा ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए ।

पूरा पढ्नुहोस्

सडक सुरक्षा र साईबर क्राईम सम्बन्धि सचेतना साम्रागी वितरण

चितवन, १८ असार । वर्षा लागेसँगै बढ्ने गरेको सडक दुर्घटनाबाट वच्ने उपाय र साईबर क्राईमको बिषयमा सोमबार भरतपुरमा छलफल गरिएको छ । भरतपुर महानगरपालिका १२ को समन्वय तथा हाम्रो भरोसा नेपाल र महिला शसक्तिकरण तथा परिवर्तनशिल संस्थाको आयोजनामा सचेतनामुलक कार्यक्रम सोमवार भरतपुरमा सम्पन्न गरिएको हो । राजमार्गमा र भित्रि सडकहरुमा गुड्ने सवारी साधनमा सचेतनामुलक स्टीकर […]

पूरा पढ्नुहोस्

आज भारी वर्षाको सम्भावना

काठमाडौ, १७ असार मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशको थोरै स्थानमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । रातिको समयमा […]

पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडक : वर्षाभरि पहिरोको जोखिम

चितवन, १७ असार पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार साँझ २८ घण्टापछि सञ्चालनमा आयो । तर अझै पनि ढुङ्गा खस्न भने रोकिएको छैन । माथिबाट खसेका ढुङ्गा लागेर पल्टिएका मोटरसाइकल, सिसा फुटेका गाडीका तस्बिर सामाजिक सञ्जालमा छरिएका छन् ।केही मानिसहरु ढुङ्गा खस्दै गर्दा सवारी साधन छोडेर भाग्दै गरेका भिडियो पनि पनि देखिएका छन् । यस […]

पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडक अझै अवरुद्ध, खुल्न दिनभर लाग्ने

चितवन, १७ असार नारायणगढ–मुग्लिन सडक पुनः दुइतर्फी रुपमा अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति ११ बजेदेखि पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अवरुद्ध सडकमा अहिले पहिरो पन्छाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । पटक पटक सडक अवरुद्ध हुन थालेपछि पहिरो हटाउन उपकरण तयारी अवस्था राखिएको छ […]

पूरा पढ्नुहोस्

पत्रकार वसन्त पराजुली सम्मानित

चितवन, १६ असार पत्रकार वसन्त पराजुली सम्मानित हुनुभएको छ । पत्रकारिता र साहित्यका क्षेत्रबाट समाज सेवामा पुर्याएको योगदानको कदर गर्दै नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाले पराजुलीलाई सम्मान गरेको हो । उपशाखाको शनिबार सम्मन्न २९ औं साधरण सभामा बागमती प्रदेश सभाका सदस्य संसद माया श्रेष्ठले पराजुलीलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा पराजुलीसहित हरिप्रसाद न्यौपाने, चन्द्रवीर प्रजापति […]

पूरा पढ्नुहोस्

निजि प्राबिधिक शिक्षालय महासघंको राष्ट्रिय अध्यक्षमा पाण्डे र महासचिवमा भुवन चक्र जोशी

काठमाण्डौ, १६ असार निजि प्राबिधिक शिक्षालय महासघंको ८ औ महाधिबेशनले आगामी कार्यकालका लागी नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । काडमाण्डौमा शनिवार सम्पन्न अबिधेशनबाट महासंघको राष्ट्रिय अध्यक्षमा अरुण कुमार पाण्डे र महासचिवमा स्कुल अफ टेक्नीकल एजुकेशनका अध्यक्ष एवम् नागरीक कम्युनिटि टिचिगं अस्पतालका कार्यकारी निर्देशक भुवन चक्र जोशी निर्वाचित हुनुभएको छ । प्राबिधिक शिक्षा तथा व्यावसायिक […]

पूरा पढ्नुहोस्

किसानलाई अनुदानमा भैँसी वितरण

चितवन, १२ चितवन चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नम्बर ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ वटा भैँसी वितरण गरिएको हो । किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत शालिग्राम पौडेलले जानकारी दिए । […]

पूरा पढ्नुहोस्

बकर इदका अवसरमा पर्सी बिहीबार देशभर सार्वजनिक बिदा

काठमाण्डौ, १२ असार सरकारले असार १४ गते पर्सी सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदका अवसरमा असार १४ गते सार्वनजिक बिदा दिएको हो। गृहमन्त्रालयका सहसचिवरप्रवक्ता केदारनाथ शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा नेपालको राजपत्रमा मिति २०७९र१२र०२ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इदका अवसरमा असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको […]

पूरा पढ्नुहोस्

नगर सभाका कारण भरतपुरका वडा कार्यालयहरु बन्द

चितवन, १२ असार नगरसभाा कारण मंगलबार भरतपुर महानगरपालिकाका २९ वटै वडा कार्यालयहरु बन्द गरिएको छ । वडाका जनप्रतिनिधिहरु महानगरको १३औँ नगरसभा सहभागी हुनुपर्ने भएका कारण वडा कार्यालयहरु बन्द गरिएको हो । महानगरपालिकाको कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवाहरु पनि प्रभावित हुने महानगरपालिकाले जनाएको छ । महानगरको नगरसभा आज सम्पन्न हुँदै छ । ‘मंगलबारका दिन नगर कार्यपालिकाको […]

पूरा पढ्नुहोस्