चितवन, १८ असार ।
वर्षा लागेसँगै बढ्ने गरेको सडक दुर्घटनाबाट वच्ने उपाय र साईबर क्राईमको बिषयमा सोमबार भरतपुरमा छलफल गरिएको छ । भरतपुर महानगरपालिका १२ को समन्वय तथा हाम्रो भरोसा नेपाल र महिला शसक्तिकरण तथा परिवर्तनशिल संस्थाको आयोजनामा सचेतनामुलक कार्यक्रम सोमवार भरतपुरमा सम्पन्न गरिएको हो । राजमार्गमा र भित्रि सडकहरुमा गुड्ने सवारी साधनमा सचेतनामुलक स्टीकर समेत टासिएको थियो ।

सवारी साधनको चलाउदा मोवाईल फोनको प्रयोग नगरौ, लेन अनुशासन पालना गरौ, जेब्रा क्रसीङ्गबाट मात्र बाटो काटौ लगायतका सचेतनामुलक भनाईहरु स्टीकरमा समावेश गरिएको थियो । ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी सहायक निरीक्षक नवराज जोशीले चितवनको सडकमा कसरी सुरक्षीत हुने भन्ने बिषयमा जानकारी मुलक प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं १२ का अध्यक्ष लेखराज पन्तले बडा नं १२ भित्र रहेका शहरी क्षेत्रमा बढ्दो चाप र सर्वसाधरणमा जानकारीको कमीका कारण सवारी व्यवस्थापनमा समस्या भएको भन्दै यसका लागी समन्वय गरेर अगाडि गर्न ट्राफिक प्रहरी र नागरिक समाजलाई आग्रह गर्नुभयो ।

कार्यक्रम महिला शसक्तिकरणका अध्यक्ष संगीता भट्टराईले साईबर सुरक्षा अहिलेको सबैभन्दा ठुलो चुनौति भएको भन्दै सामाजिक संजाल मार्फत हुने साईबर अपराध न्युनिकरण गर्न सबै आ आफ्नो ठाँउबाट सचेत हुनुपर्ने वताउनु भयो । साईबर क्राईम नियन्त्रणका लागी बिभिन्न निकायसँग समन्वयत्मक पहलको आवश्यता रहेको उहाँल्े वताउनु भयो ।

हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्धु ढकालको संयोजकत्वमा भएको कार्यक्रममा वडा नं १२ का जनप्रतिधिहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा टोल विकास संस्थाका अध्यक्षहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्