काठमाण्डौ, १६ असार
निजि प्राबिधिक शिक्षालय महासघंको ८ औ महाधिबेशनले आगामी कार्यकालका लागी नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । काडमाण्डौमा शनिवार सम्पन्न अबिधेशनबाट महासंघको राष्ट्रिय अध्यक्षमा अरुण कुमार पाण्डे र महासचिवमा स्कुल अफ टेक्नीकल एजुकेशनका अध्यक्ष एवम् नागरीक कम्युनिटि टिचिगं अस्पतालका कार्यकारी निर्देशक भुवन चक्र जोशी निर्वाचित हुनुभएको छ ।

प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद अन्तर्गत निजि स्तरमा संचालित शिक्षण सस्थाहरुको छाता संगठनको रुपमा रहेको निजि प्राबिधिक शिक्षालय महासंघको महाधिबेशनबाट बरिस्ठ उपाध्यक्षमा राम प्रसाद पौडेल सहित ७ बटै प्रदेशका अध्यक्षहरु समेत निर्वाचित गरेको छ । महासंघको कोशी प्रदेश अध्यक्ष भगवान झा, मधेस प्रदेश अध्यक्ष रामेश्वर नारायण झा, बागमती प्रदेश अध्यक्ष रमेश कुंवर गण्डकी प्रदेश अध्यक्ष चन्दन बाबू खत्री, लुम्बिनी प्रदेश अध्यक्ष त्रिलोचन पौडेल, कर्णाली प्रदेश अध्यक्ष दुर्गा भण्डारी, सुदुर पश्चिम अध्यक्ष किशोर पान्डे चयन हुनुभएको छ ।
१७ सदस्यीय समिति समीतिको सचीवमा ध्रुब शर्मा र कोषाध्यक्षमा दोर्ण ओलि चयन भएका छन् । महाधिबेशनले संरक्षक र सल्लाहाकार समिति समेत चयन गरेको छ । महासंघका अध्यक्ष बसन्त राज खनालको अध्यक्षतामा सम्पन्न महाधिबेशनको उद्घाट सत्र सिटिइभिटी परिषद सदस्य इन्जिनियर शैलेन्द्र मोहन झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उद्घाटन सत्रलाई संबोधन गर्दै प्रमुख अतिति झाले प्राबिधिक क्षेत्रमा गुणस्तरीय जनशक्ति निर्माणमा निजि क्षेत्रले गरेको योगदानलाई आत्मसाथ गर्दै निजी क्षेत्रबाट सञ्चालन भएका शिक्षण संस्थाहरुले आफ्नो गुणस्तरमा कमी आउन नदिनका लागी सचेत हुन आग्रह गर्नुभयो । कार्यक्रमका अध्यक्ष बसन्तराज खनालले निजी क्षेत्रबाट संचालन भएका शिक्षण संस्थाहरुको समस्या र चुनौतिहरुलाई समाधान गर्दै अगाडि बढ्नका लागी महासंघ प्रतिवद्ध भएको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्