चितवन – नेपाली कांग्रेसले आजबाट संगठन विस्तारको अभियान सुरु गर्दैछ । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार ४२ औं विपी जयन्तीको अवसर पारेर चितवनमा सदस्यता वितरणको अभियान सुरु गर्न लागेको हो । शनिवार विहान ११ बजे उकै साथ विपीको फोटोमा माल्र्यापण गरेर सुरुवात गरिने बताइएको छ । कांग्रेसको क्रियाशील सदस्यता नविकरण सम्बन्धि ९८ वटै वडा कार्यसमितिलाई गरिएको काँग्ेस् चितवनका सचिव धुव्रराज पोखरेलले बताउनुभयो ।
सदस्यता वितरण र क्रियाशिल सदस्यता नविकरणलाई प्रभावकारी र ब्यस्थित गर्न निर्देशन गरिएको पोखरेलले बताउनभुयो । सदस्यताको फारम वडा तहमा पुगिसकेको छ । यसपटक जिल्ला प्रतिनिधिको रोहवरमा मात्रै नविरण गर्ने नियम राखिएको छ । नविकरण सकेपछि साउन २० गते सबै वडाले वडा सम्मेलन गर्नेछन् ।योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै सदस्यता लिन सक्नेछन् । सदस्यता लिएो एक वर्षपछि मात्रै क्रियाशिल सदस्यता पाउने प्रावधान गरिएको छ । क्रियाशील सदस्यता नविकरण भने दुई वर्षको एकैपटक गर्नुपर्ने नियम राखिएको छ ।

प्रतिकृया दिनुहोस्