Tag: #bharosakhabar
आजदेखि माघमेला तथा स्वस्थानी व्रतकथा सुरु
चितवन, २९ पुष । वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । […]
पूरा पढ्नुहोस्
मुग्लिन–पोखरा सडक विस्तार तीव्र, कति प्रतिशत काम सकियो ?
चितवन, २९ पुष। पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ । आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो। यस खण्डको हालसम्म ७४ प्रतिशत काम सम्पन्न भैसकेको छ । पूर्वी खण्डमा २७ दशमलव ४ किलोमिटर दूरीमा अन्तिम चरणको कालोपत्रकार्य सम्पन्न भएको पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार पहिलो […]
पूरा पढ्नुहोस्
सार्वजनिक यातायातमा जंक फुडको विज्ञापन निषेध
एजेन्सी, २९ पुष मोटोपन नियन्त्रण गर्न र स्वस्थ आहार प्रवर्द्धन गर्न सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिबन्ध लगाउने दक्षिण अस्ट्रेलिया पहिलो अष्ट्रेलियाली राज्य बनेको छ। जुलाई १, २०२५ मा लागू हुने यो प्रतिबन्धले सार्वजनिक बस, रेल र ट्राममा चकलेट, लली, कन्फेक्शनरी, मिठाई, आइसक्रिम, सफ्ट ड्रिंक्स र चिप्स जस्ता अस्वस्थ उत्पादनहरूको तस्बिरहरू राख्न निषेध गरेको छ। […]
पूरा पढ्नुहोस्
१५औँ चितवन महोत्सवको उदघाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने
चितवन, २४ पुस । नारायणी नदी किनारमा पुस २५ देखि माघ १० गतेसम्म आयोजना हुन लागेको १५औँ चितवन महोत्सवको उदघाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने भएका छन् । बिहीबार बिहान ११ बजे उद्योगमन्त्री भण्डारीले महोत्सवको उदघाटन गर्ने छन् । चितवन जिल्लालाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्ने लक्ष्य अनुरुप महोत्सव आयोजना गरिएको […]
पूरा पढ्नुहोस्
सुनचाँदीको मूल्य घट्यो
चितवन, १० पुष । बुधबार सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको हो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको […]
पूरा पढ्नुहोस्
आज डिसेम्बर २५, ‘क्रिसमस डे’ मनाइँदै
चितवन, १० पुष क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यो सम्प्रदायले क्रिसमस डे मनाउँदैछन् । आज भन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको भनिन्छ । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए […]
पूरा पढ्नुहोस्
चिसो मौसममा बिहानै बाहिर हिड्नुहुन्छ ? तालिका परिवर्तन गर्नुहोस् ।
चितवन, १० पुष । तपाईंको बिहान सबेरै हिड्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कनु स्वास्थ्यका लागि बढी हानीकारक हुनसक्छ । विज्ञहरुका अनुसार गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषण बढी हुन्छ । घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ । त्यसैले एकाविहानैको […]
पूरा पढ्नुहोस्
कथा- अनुत्तरित प्रश्न
लिला बल्लभ नेपाल ९१ वर्षको यो छोटो जीवनमा खै के नै पो गर्न सकियो र ? केशरबहादुरले आफैंलाई सोधे, अनुहारमा केही गम्भीरता छायो, लामो सुस्केरा लिए र केही समयमै यो संसारबाट विदा भए । उनको जीवनको कथा सामान्य थिएन । जन्म एक सामान्य किसान परिवारमा भएको थियो, जहाँ जीवनसंग संघर्ष नै जीवनको परिभाषा थियो । […]
पूरा पढ्नुहोस्
मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा १५ को मृत्यु, १२ घाईते
चितवन, ७ भदौ । तनहुँको आँबुखैरेनी गाँउपालिकास्थित मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं तर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान तनहुँको आँबुखैरेनीमा रहेको ऐनपहरा भन्ने ठाँउबाट मर्स्याङ्दी नदीमा खसेको हो । दुर्घटनामा १५ जनाको मृत्यु भएको आबुखैरेनी इलाका प्रहरी […]
पूरा पढ्नुहोस्
साबिकका वडाहरु समायोजन गर्दै नेपाल महिला संघ भरतपुर २५ को समिति पुर्नगठन
चितवन, ७ भदौ । साबिक नारायणी नगरपालिका वडा नम्बर ४,५ र ६ को समायोजन गर्दै नेपाल महिला संघ भरतपुर २५ को कार्यसमिति पुर्नगठन गरिएको छ । बिहिबार जिल्ला प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलाले राधा सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको चयन गरेको हो । समितिको उपाध्यक्षमा सीता न्यौपाने, मैया कुमारी महतो, सचिवमा शोभा भट्टराई, रमा कुमारी वि.क, […]
पूरा पढ्नुहोस्