चितवन, ७ भदौ ।
साबिक नारायणी नगरपालिका वडा नम्बर ४,५ र ६ को समायोजन गर्दै नेपाल महिला संघ भरतपुर २५ को कार्यसमिति पुर्नगठन गरिएको छ ।
बिहिबार जिल्ला प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलाले राधा सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सीता न्यौपाने, मैया कुमारी महतो, सचिवमा शोभा भट्टराई, रमा कुमारी वि.क, कोषाध्यक्षमा संगीता सुवेदी, सह सचिवमा विष्णु सापकोटा रहनु भएको छ । त्यस्तै सदस्यहरुमा सीता न्यौपाने, अनिता भुषाल, पार्वती काफ्ले, रुपा वि.क, सगीता गुरुगं, टीका न्यौपाने, अप्परा वि.क र टीका सुवेदी रहनु भएको छ ।

नेपालि काँग्रेस भरतपुर २५ का वडा सभापति काशी न्यौपानेको अध्यक्षता एवम् जिल्ला प्रतिनिधि जगन्नाथ कंडेलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलामा नेपाल महिला संघ चितवन जिल्ला सचिव लक्ष्मी लामिछाने, नेपालि काँग्रेस चितवन महिला बिभाग उपाध्यक्ष भगवती तिवारी, नेपाल महिला संघ संघ जिल्ला सदस्यय तेज कुमारी सुवेदी, बाग्मती प्रदेश प्रतिनिधि रामहरि दबाडी, पार्टी सल्लाहकार रुद्र अधिकारी लगायतले पुर्नगठित कार्यसमितिलाई बधाई सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्