प्रदेश
मालपोतमा खुलेआम सेटिङ धन्दा, ६ बिचौलिया समातिए
चितवन । मालपोत कार्यालय भरतपुरमा अनधिकृत रुपमा प्रवेश गर्ने ६ जना व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले विहीबार (आज) उनीहरूलाई गिरफ्तार गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाएको छ । सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी […]
पूरा पढ्नुहोस्
भोलिदेखि देशभर एसईई सुरु, चितवनका १२ हजार बढी विद्यार्थी सहभागी हुँदै
चितवन । माध्यमिक शिक्षा परीक्षा ९एसईई० भोलि चैत १९ गतेदेखि देशभर एकैसाथ सुरु हुँदैछ। यस वर्ष चितवन जिल्लाबाट १२ हजार ४५२ जना परीक्षार्थीहरू सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई चितवनले जनाएको छ। बिहान ८ बजेदेखि सुरु हुने यो परीक्षा आगामी चैत २९ गते सम्पन्न हुनेछ। चितवनमा सहभागी हुने कुल परीक्षार्थीमध्ये १० हजार ५६९ जना […]
पूरा पढ्नुहोस्
चितवनको पटिहानीमा फुड एण्ड म्युजिक फेस्टिवल, चर्चित कलाकारहरुले दर्शक झुमाउने
चितवन । पश्चिम चितवनको पटिहानीमा कसरा टुरिजम फुड एण्ड म्युजिक फेस्टिवल हुने भएको छ । पटिहानी ईभेन्ट्स र लुप ईभ्नेट्सको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम चैत २९, ३० र बैशाख १ गते तीन दिन हुनेछ । कसरा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको आयोजक पटिहानी ईभेन्ट्सका सिईओ मिलन पौडेलले जानकारी […]
पूरा पढ्नुहोस्
कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै
भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ। “महिलाको समानुपातिक समावेशिता : परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित सञ्चालन हुने सम्मेलन चैत ६ र ७ गते संचालन हुने आयोजकले जनाएको छ। भक्तपुर जिल्ला अदालत बारको आतिथ्ययतामा हुने उक्त सम्मेलनमा देशभरका कानुन व्यवसायी महिलाहरूको व्यापक […]
पूरा पढ्नुहोस्
रास्वपाको पक्षमा मत मागेको भन्दै चितवनमा २ कर्मचारी प्रहरी नियन्त्रणमा
दल बिशेषको पक्षमा मत मागेको भन्दै चितवनमा दुई मतदान कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । चितवन –३ को माडी मावि केन्द्रमा खटिएका एक कर्मचारीले रास्वपाका पक्षमा मत मागेको भन्दै अन्य प्रतिनिधि तथा स्थानीयले आपत्ति जनाए पछि कर्मचारीलाई […]
पूरा पढ्नुहोस्
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुदै
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ हुँदैछ । भक्तपुरस्थित निवासबाटै सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईंको हकमा अधिवक्ता सुरेश बोहराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए । गत आइतबार प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय […]
पूरा पढ्नुहोस्
रवि लामिछानेको फेसबुक पेज ‘लक’, ह्याक प्रयासको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज बन्द भएको छ । लामिछानेको पेज रहस्यमय ढंगले ह्याक गर्ने प्रयास भएपछि ‘लक’ गरिएको दाबी उनको सचिवालयले गरेको हो। सचिवालयका अनुसार पछिल्ला केही दिनयता अज्ञात बाह्य व्यक्तिहरूले पटक–पटक पेजमा अनधिकृत पहुँच जमाउने प्रयास गरेको संकेत प्राप्त भएको थियो। यसक्रममा सुरक्षा जोखिम बढेपछि मेटा (फेसबुक) ले […]
पूरा पढ्नुहोस्
काठमाडौंमा २ वटा गाडीमा आगो लगाइयो, दुर्गा प्रसाईको पर्चा फेला
काठमाडौं । काठमाडौंमा २ वटा गाडीमा आगो लगाइएको छ । नैकाप र सुकेधारामा आगजनी गरिएको अवस्थामा गाडी फेला परेका हुन् । प्रहरीका अनुसार नैकापस्थित पुल नजिकै एउटा बा ७ च १४०१ नम्बरको भ्यान र सुकेधारामा अर्को बिएए २८३६ नम्बरको कार आगजनी भएको अवस्थामा फेला परेको हो। घटनास्थलबाट दुर्गा प्रसाईंसँग सम्बद्ध पर्चाहरू समेत फेला परेको प्रहरीले […]
पूरा पढ्नुहोस्
मिना खरेललाई सघाउन नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार सुवास महतोसहित ५० भन्दा बढी कांग्रेसमा प्रवेश
चितवन – चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मिना खरेललाई सघाउन नागरिक उन्मुक्ति पार्टी क्षेत्र नम्बर २ का उम्मेदवार सुवास महतो कांग्रेसमा प्रवेश गरेका छन् । आज भरतपुर ११ स्थित गोर्खाली टोलमा भएको प्रचारप्रसार अभियान समापन तथा होली विशेष सांस्कृतिक कार्यक्रममा उम्मेदवार महतो, सो पाटिका जिल्ला उपाध्यक्ष सुशीला महतोसहित ५० भन्दा बढि काग्रेशमा प्रवेश गरेका […]
पूरा पढ्नुहोस्
उम्मेदवार मीना खरेलको प्रचार-प्रसार अभियान समापन तथा होलि बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न
चितवन – चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मीना खरेलको प्रचारप्रसार अभियान समापन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। आज घरदैलो अभियानसँगै भरतपुर ११ गोर्खाली टोलको मायादेवी चोकमा होलि विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो। नेपाली कांग्रेस चुनाव प्रचारप्रसार समिति क्षेत्र नम्बर २ चितवनको आयोजनामा भएको कार्यक्रमा चर्चित लोकदोहोरी गायिका राधिका हमालको बेजोड प्रस्तुति रहेको […]
पूरा पढ्नुहोस्