मनोरञ्जन

रिमैको शीर्ष गीत सार्वजनिक, कमब्याकपछि यस्तो देखियो दयाहाङ सँग रिश्माको जोडी

चितवन । भाद्र २० गतेबाट प्रदर्शनको तयारी रहेको चलचित्र ‘रिमै’ को शीर्षगीत सार्वजनिक भएको छ। बुधबार चितवनको सिजी ल्याण्डमार्कस्थित क्युएफएक्स सिनेमामा आयोजित प्रिमियर कार्यक्रमकाबीच ‘रिमै’ को शीर्षगीत सार्वजनिक गरिएको हो । सार्वजनिक चलचित्रको पहिलो गीत ‘रिमै’ मा दीपक शर्माको शब्द संगीत तथा आँशु लामा र रिता केसीको आवाज रहेको छ । नरेन्द्र योगीले एरेन्ज गरेको […]

पूरा पढ्नुहोस्

बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

काठमाडौँ, २० असार । चलचित्र विकास बोर्डले आफ्ना ३३ प्रकारका सेवा अनलाइन माध्यमबाट प्रदान गरेको छ । बोर्ड स्थापना भएको २५ वर्ष पूरा भएको उपलक्ष्यमा घोषणा गरिए अनुसार चलचित्र दर्ता, जाँच सिफारिस, घर इजाजत, चलचित्र महोत्सव आयोजना स्वीकृतिलगायतका ३३ प्रकारका सेवाका लागि अब कार्यालय जान नपर्ने भएको छ । यसका साथै बोर्डले ‘बक्सअफिस २ सिनेपा’ […]

पूरा पढ्नुहोस्

एनसिआईएफएफको छैटौं संस्करण काठमाडौंमा : ४७ देशका ९८ चलचित्रहरु सहभागी

काठमाडौं : छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म तीन दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु प्रदर्शन हुँदैछन् । सबै चलचित्रहरु निःशुल्क हेर्न पाईने आयोजक टीमले जनाएको छ । चलचित्र […]

पूरा पढ्नुहोस्

गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौं : सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याउनुभएकी अधिकारीले आफ्नो जन्म दिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू […]

पूरा पढ्नुहोस्

अभिनेत्री शिल्पालाई घर दिएर डेरामा सरे छवि

काठमाण्डौ, ८ माघ । अभिनेत्री शिल्पा पोखरेललाई अंश वापत घर दिएर निर्माता छवि ओझा डेरामा सरेका छन् । छविसँग पाँच वर्ष लामो कानुनी लडाइँपछि अभिनेत्री शिल्पा पोखरेलले अंश वापत घर लिएकी छन् । श्रीमतिलाई घरेलु हिसा गरेकै कारण मुद्धा खेपिरहेका निर्माता छबि ओझा मुद्धा टुगींएपछि डेरामा सरेका छन् दुवै पक्षबिचको सहमतिअनुसार छवि ओझाले शिल्पा पोखरेललाई […]

पूरा पढ्नुहोस्

चितवन महोत्सवः खुला गजल प्रतियोगितामा प्रवीण काफ्ले प्रथम

चितवन, ४ माघ । चितवन महोत्सवमा आयोजित राष्ट्रव्यापी खुला गजल प्रतियोगितामा प्रवीण काफ्ले प्रथम बनेका छन् । महेश संस्कृत गुरुकुल देवघाटधाममा अध्ययनरत काफ्लेको मूल घर जुम्ला हो । प्रतियोगितामा पोखरा, कास्कीका संयोग बस्याल द्वितीय भएका छन् भने भरतपुर, चितवनकी सरस्वती पौडेलले तृतीय स्थान हासिल गरेकी छन् । २०५३ सालदेखि २ वर्षको अन्तरमा हुँदै आएको महोत्सवमा […]

पूरा पढ्नुहोस्

बेहुली हुँदाको अनुभव लेखेर पठाउँदा फिल्म ‘बेहुली फ्रम मेघौली’को आकर्षक उपहार

चितवन, ११ असोज । यही असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताले फिल्मको प्रचार गर्न प्रतियोगिताको घोषणा गरेका छन् । फिल्मको थिमअनुसार बेहुली हुँदाको अनुभव लेखेर पठाउँदा आकर्षक पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ । फिल्मकी प्रमुख अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काले बेहुली हुँदाको अनुभव रोचक शैलीमा लेखेर पठाउनेमध्ये उत्कृष्ट […]

पूरा पढ्नुहोस्

कवि लोहनीलाई ‘व्यथित काव्य सम्मान–२०८१’

चितवन,२२ साउन लामो समयदेखि टेलिभिजन पत्रकारिता र साहित्य लेखनमा समेत सक्रिय कवि तथा आख्यानकार मणि लोहनीलाइ ‘व्यथित काव्य सम्मान–२०८१’ प्रदान गरिने भएको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले गरेको निर्णय अनुसार लोहनीलाई उक्त पुरस्कारबाट सम्मान गर्न लागेको हो । उनको नाम साहित्यका सर्जकहरु श्रीओम श्रेष्ठ रोदनको संयोजनमा पद्मावती […]

पूरा पढ्नुहोस्

संजीव गुलाटीसँग वैवाहिक बन्धनमा बाँधिइन् नायिका निरुता सिंह

काठमाडौँ – नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका निरुता सिंह वैवाहिक बन्धनमा बाँधिएकी छिन् । निरुताले दुई दिन अगाडि मुम्बइमा बिहे गरेकी हुन् । नी मुम्बई निवासी संजीभ गुलाटीसँग वैवाहिक जीवनमा बाँधिएको जानकारी आफ्ना फ्यानहरुलाई गराएकी छिन् । सामाजिक सञ्जालमा तस्बिर राख्दै निरुताले मिडियाले बिहे कहिले गर्ने भनेर सोध्ने गरेको प्रश्नको जवाफ आज दिएको बताएकी छिन् […]

पूरा पढ्नुहोस्

‘रावायण’ मा दोहोरो भूमिकामा देखिँदै अनमोल

काठमाडौँ – निर्देशक सुदर्शन थापा अहिले नयाँ फिल्म ‘रावायण’ को तयारीमा छन् । फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी देखिने भएका छन् । फिल्मका लागि अनमोल र निर्देशक थापाबीच सम्झौता भैसकेको छ । सुदर्शनले आफ्नै होम प्रोडक्शनबाट यो फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता समेत भएको छ । फिल्ममा […]

पूरा पढ्नुहोस्