२३ भाद्र २०८२, सोमबार १५:२०
काठमाण्डौ।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाईएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ छ बजे बैठक बोलाईएको छ ।
जेनजी आन्दोलनका क्रममा भएको बिभिन्न क्षतिको बिषयमा छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको हो ।
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीहरू सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले काठमाडौंसहित देशभर प्रदर्शन जारी राखेका छन्।

प्रतिकृया दिनुहोस्