१५ फाल्गुन २०८१, बिहीबार १९:२०
चितवन, १५ फागुन ।
भरतपुर महानगरपालिकाको विकास र व्यवस्थापनको सिकाई आदान प्रदानका लागि देशभरका विभिन्न पालिकाका जनप्रतिनिधिहरू भरतपुर आउने क्रम बढ्दो छ।
यसै सन्दर्भमा बिहीबार जुम्लाको सिन्जा गाउँपालिका र सिन्धुलीको घ्याङलेख गाउँपालिकाका सम्माननीय जनप्रतिनिधिहरू भरतपुर महानगरको भ्रमणमा आउनुभयो।
तथ्यांकअनुसार हरेक महिना देशभरका करिब एक दर्जन पालिकाका प्रतिनिधिहरू भरतपुर महानगरको विकास मोडल अध्ययन गर्न आउँछन् । मध्य नेपालको अग्रणी महानगर भरतपुर नेपाल प्रकृति तथा वित्त आयोगको मूल्याङ्कनमा पछिल्ला तीन वर्षदेखि लगातार ६ महानगरमध्ये प्रथम स्थानमा रहँदै आएको छ। यसले भरतपुर महानगरको दूरदृष्टिपूर्ण नेतृत्व, सुशासन र विकासप्रति प्रतिबद्धतालाई थप उजागर गरेको छ।

प्रतिकृया दिनुहोस्