Tag: newschitwan

चितवनमा एक वर्षमा कति वन्यजन्तु मरे ? हेर्नुस् पुरा समाचार………….

चितवन, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आवमा २८ वटा गैँडा मरेका छन् । जसमध्ये १८ वटा प्राकृतिक कारणले, जुधेर तीन, विद्युतीय करेन्टबाट एउटा, बाढी पहिरोबाट दुई र दलदलमा फसेर तीन […]

पूरा पढ्नुहोस्

बसको ठक्करबाट वृद्धाको मृत्यु

भत्तपुर, ६ साउन । बसको ठक्करबाट आज यहाँ पैदलयात्री ७१ वर्षीया वृद्धा सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको छ । बनेपाबाट काठमाडौँ जाँदै गरेको मयूर यातायातको बा।५ख। ४७८२ नम्वरको बसले अरनिको राजमार्गको सूर्यविनायक नगरपालिका–८, इटबु चोकमा सडक पार गरिरहेको बेला ७१ वर्षीया श्रेष्ठलाई ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो । भक्तपुर नगरपालिका–४, मगलाछें घर भई हाल […]

पूरा पढ्नुहोस्

११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा नेपाली काग्रेस चितवन महिला विभागको अन्तरसंवाद

चितवन २३,फागुन ११५ औं अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर नेपाली काग्रेस महिला विभाग चितवनले जिल्लास्तरीय अन्तरसंवाद सम्पन्न गरेको छ । कार्यक्रममा महिलाहरु सामाजिक आर्थिक राजनीतिक रुपमा विभेदको शिकार बनिरहेको भन्दै समानताको लडाई जारी राख्नुपर्ने आवश्यकता औल्याइयो । संविधानले प्रदत्त गरेका अधिकारहरु पुर्ण रुपमा कार्यान्वयन नहुदाँ सम्म सबै महिलाहरु एक भएर ससक्त रुपमा आवाज उठाउनुपर्ने उनीहरुको […]

पूरा पढ्नुहोस्

तपाई के खाँदै हुनुहुन्छ ? भोजनले मानसिक स्वास्थमा पार्ने प्रभाव यस्ता छन्

डा अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा शर्माका विचार “सामान्य शारीरिक स्वास्थ्यको अवस्था मानसिक स्वास्थ्यको पूर्वाधार भएकाले जस्तो खानपिनले शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, त्यो मानसिक स्वास्थ्यको लागि पनि उपयुक्त हुन्छ भन्ने कुरा सामान्य स्थापित मान्यता हो । […]

पूरा पढ्नुहोस्

साहारा सहकारी रकम अपचलन पीडितको तर्फबाट बहस चल्दै

चितवन, २४ माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा आज दोस्रो दिन पनि चितवन जिल्ला अदालतमा बहस जारी छ । जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराएसंगै थुनछेक बहस सुरु भएको हो । आज छिमेकी जिल्लाबाट आएका जिल्ला न्यायाधिवक्ताहरुले बहस सुरु गरेका छन्। […]

पूरा पढ्नुहोस्

मौलाकालिका अस्पतालले भोलीदेखि नयाँ भवनवाट सेवा दिने

चितवन, २० माघ । मौलाकालिका अस्पताल भरतपुरले भोली अर्थात माघ २१ गतेबाट आफ्नै भवनबाट सेवा सुभारम्भ गर्ने भएको छ । ०६७ सालदेखि चौबीसकोठीबाट एयरपोर्ट चोक चौविसकोटीमा संचालनमा रहेको अस्पतालले आईतबार भरतपुर वाईपासमा रहेको आफ्नै भवनमा पत्रकार सम्मेलनको आयोजना गरि संचालनको जानकारी दिएको हो । नयाँ भवनवाट सेवा सुरु गर्दै गर्दा अस्पतालले ओपिडि सेवा निशुल्क गरेको […]

पूरा पढ्नुहोस्

दुर्घटना न्युनिकरणका लागि ट्राफिक कार्यालय चितवनको बिद्यालय केन्द्रित अभियान

चितवन, १५ माघ । दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘एक विद्यालय, एक ट्राफिक शिक्षक’ अभियान सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाबाट सुरु भएको यो अभियान जिल्लाभर सञ्चालन गरिने भएको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार भरतपुरका एक सय ९८ विद्यालयका एक–एक शिक्षकलाई यो तालिम दिइएको छ । बाँकी छ पालिकामा […]

पूरा पढ्नुहोस्

एनसिआईएफएफको छैटौं संस्करण काठमाडौंमा : ४७ देशका ९८ चलचित्रहरु सहभागी

काठमाडौं : छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म तीन दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु प्रदर्शन हुँदैछन् । सबै चलचित्रहरु निःशुल्क हेर्न पाईने आयोजक टीमले जनाएको छ । चलचित्र […]

पूरा पढ्नुहोस्

देवघाट महामहोत्सव: दशौ दिन देवी प्रतिभाको विदाई हुने, अनुराधा पाण्डेलाई स्वागत गरिने

चितवन, १० माघ । देवघाट महामहोत्सव आज १०औं दिन कथावाचिका देवी प्रतिभाको विदाई गरिदै छ । बिहिवार दिउँसो २ बजे आयोजना हुने विदाई कार्यक्रममा देवीले आफ्नो दश दिनको कथा वाचन पूरा गरी भक्तजनहरूसँग विदा लिनुहुनेछ । महोत्सवभरि उहाँले भागवत महापुराणको भावपूर्ण व्याख्या गर्दै लाखौं भक्तजनको मन जित्नुभएको थियो। विदाई समारोहका क्रममा देवीजीले विश्वकै कान्छी कथावाचिका […]

पूरा पढ्नुहोस्

सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ

काठमाडौँ , १० चितवन । काठमाडौँ प्रहरीले सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने एक युवकलाई पक्राउ गरेको छ । इन्ड्राइभ यात्राका क्रममा प्राप्त गरेको महिला यात्रीको मोबाइल नम्बर मार्फत यौन दुर्व्यवहार गर्ने चितवनका २५ वर्षीय प्रविन बराललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले जानकारी दिनुभयो । महिलाको उजुरीपश्चात् खोजतलास […]

पूरा पढ्नुहोस्