स्वास्थ्य – जीवनशैली

मानसिक समस्या खुलेर भनौ, मन संवाद सुरु गरौ

चितवन, २९ कात्तिक । पछिल्लो समय शारीरिक समस्या जस्तै मानसिक स्वास्थ्य समस्या समेत बढ्दै गएको भन्दै यसलाई शारीरिक रागजस्तै सामान्य रुपमा लिई परिवारसँग छलफल गर्नु पर्नेमा मानसिक स्वास्थ्य बिज्ञहरुले जोड दिएका छन् । समाजमा बिद्यमान लान्छना र भेदभावका कारण अझैपनि मानसिक समस्यालाई लुकाउने गरेका कारण उपचारमा ढिलाई हुने र समस्या जटिल बन्ने परिस्थिति रहेको उनीहरुको […]

पूरा पढ्नुहोस्

जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

चितवन। जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका आनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो । कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन् । जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ […]

पूरा पढ्नुहोस्

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनले ‘बोनम्यारो प्रत्यारोपण’ केन्द्र बनाउदै

चितवन, ३० साउन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा बोनम्यारो प्रत्यारोपण केन्द्र निमार्ण गर्ने तयारी गरिएको छ । अस्पतालभित्र चीन सरकारको सहयोगमा सेवा सञ्चालनको लागि अलग्गै युनिट बनाउने तयारी गरिएको छ । भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिम चिनियाँ सरकारले व्यवस्थापन गर्ने जिम्मेवारी सहित काम अघि बढाउन लागिएको अस्पताले जनाएको छ । चिनियाँ विशेषज्ञ […]

पूरा पढ्नुहोस्

‘५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ’

काठमाडौँ, २८ साउनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेका बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले देशभर निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण भएका अन्य अस्पतालहरू पनि सञ्चालनमा ल्याउने गरी कार्यक्रम अघि […]

पूरा पढ्नुहोस्

क्यान्सरको प्रकार थाहा पाइने `रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

चितवन, २९ असार । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार ९टाइप० पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी) मेसिन सञ्चालनमा ल्याएको छ । स्वीस कम्पनी ‘रोश’द्वारा निर्माण गरिएको यो मेसिनको प्रयोगसँगै अब बिरामीको नमूना ९टिस्यु० भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ । अस्पतालका प्रयोगशाला प्रमुख डा ग्रेता पाण्डेका अनुसार […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

चितवन, २५ असार । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान गरेको छ । मिर्गौलाका बिरामीलाई डायलासिस सेवा लिन सरकारी अस्पतालमा चाप बढेसँगै एक पटकको रु दुई हजार ५०० तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई कम गर्न मन्त्रालयले मातहतका प्रादेशिक अस्पतालमा डायलासिस मेसिन जडान गरेको प्रदेशका स्वास्थ्यमन्त्री किरण […]

पूरा पढ्नुहोस्

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

चितवन, २३ असार । उपभोक्ता अदालतले चिकित्सकीय अभ्यास सम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् । देशकै जेठो वीर अस्पतालमा अहिले ‘फलोअप’का बिरामीबाहेक अरूले सेवा पाउन सकेका छन् । आकस्मिक र अत्यावश्यक सेवाबाहेकको सेवा दिन नसकिएको अस्पतालका निर्देशक डा […]

पूरा पढ्नुहोस्

आज तुलसी रोप्ने एकादशी, के छ यसको महत्व ?

काठमाडौँ, २२ असार । बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको हो […]

पूरा पढ्नुहोस्

प्रदेश अस्पताल पर्वतमा पैतीस वर्षपछि विशेषज्ञ सेवा

पर्वत, २१ असार । सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह सुरू गरेको छ । सरकारबाट १५ श्यया सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ श्ययाबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकबाट ५० श्ययाको अस्पतालको रूपमा स्तरोन्नति भएको छ । तर स्तरोन्नति भएपछि पाउनुपर्ने जनशक्तिको व्यवस्थापन नभइसकेको […]

पूरा पढ्नुहोस्

नेपालमा फेरि बढ्यो कोरोना सङ्क्रमण, एक हप्तामा ३५ जना भेटिए

काठमाडौँ, २० असार । नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कोभिड–१९ का दुई सय ४९ जनामा कोरोना […]

पूरा पढ्नुहोस्