चितवन, २९ कात्तिक ।
पछिल्लो समय शारीरिक समस्या जस्तै मानसिक स्वास्थ्य समस्या समेत बढ्दै गएको भन्दै यसलाई शारीरिक रागजस्तै सामान्य रुपमा लिई परिवारसँग छलफल गर्नु पर्नेमा मानसिक स्वास्थ्य बिज्ञहरुले जोड दिएका छन् ।
समाजमा बिद्यमान लान्छना र भेदभावका कारण अझैपनि मानसिक समस्यालाई लुकाउने गरेका कारण उपचारमा ढिलाई हुने र समस्या जटिल बन्ने परिस्थिति रहेको उनीहरुको भनाई रहेको छ । आफ्नो मनको कुरा, चिन्ता, डर, असमझदारी लगायतका भावनाहरु परिवार, बिश्वासिलो व्यक्ति तथा सम्बन्धित व्यक्तिसँग व्यक्त गर्दा मन हलुगों हुने र यसले तनाव व्यवस्थापनमा सहयोग पुग्ने मनोबिद्हरुको भनाई रहेको छ ।
आज भरतपुरमा आयोजना गरिएको मन संवाद कार्यक्रममा प्रशिक्षण दिदै मनोबिद् निजला भट्टराईले मनको कुरा दबाएर राख्दा समस्या बल्झिदै जाने बताईन् । आफ्नो घर परिवार र बिश्वाशिलो व्यक्तिसँग संवाद गरि समयमा नै समस्या समाधान गर्ने हो भने उपचारको जरुरी नहुने उनले बताईन् । कार्यक्रममा मनोबिद् बिजया बिजुक्छेले मनमा लागेका कुरा अभिव्यक्त गर्नु नै मनको सबैभन्दा ठुलो उपचार भएको बताइन् । मनको अवस्था ठिक हुनका लागि वरपरको बातावरण ठिक हुन जरुरी रहेको उनले भनाई छ । यदि तपाईसँग कसैले संवाद गर्न खोजीरहेको छ भने सो व्यक्तिसँग संवाद गर्नु तपाईको कर्तव्य हो भन्ने उहाँले आफ््नो वरपरको बातावरण मन संवाद गर्न उपयुक्त बनाउनु अहिलेको आवश्यकता भएको बताईन् ।
कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिलेको आधुनिक युगमा एउटै घर, एउटै कोठा र एउटै सोफामा बसीरहदा पनि मानिस नजिक हुन नसक्ने र एक अर्काको भावना बुझ्न नसक्ने अवस्था रहेको बताए । संवादको सुरुवात आफ्नै घरवाट सुरु गर्न नसक्ने हो भने अवस्था निकै विकराल हुन सक्ने उनको भनाई छ ।
मानसिक स्वास्थ्य सचेतनाका लागी सिर्जनशिल समाज नेपालको आयोजनामा चितवन मानव सेवा आश्रम, माईति नेपाल र अब्बल नेपालको संयुक्त आयोजनामा चितवनको भरतपुरमा मन संवाद कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बिशिष्ट अतिथिको रुपमा उपस्थित रहनु भएको थियो । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, मनोसामाजिक परामर्शकर्ता, बिद्यार्थी, अभिभावक तथा नागरिक अगुवाहरुको सहभागीता रहेको थियो ।
सृजनशिल समाजका अध्यक्ष बिनोद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माईति नेपालका जिल्ला संयोजक ईश्वर गिरीले कार्यक्रमको औचित्यमाथि प्रष्ट पारेका थिए भने कार्यक्रम सृजनशिल समाजका सचिव निर्मला पण्डितले सहजीकरण गरेकी थिईन् ।

प्रतिकृया दिनुहोस्