चितवन, १८ साउन ।
उजेली क्रियशन भरतपुरले आईतवार लोकप्रीय गायिका द्धय एलिना चौहान, समिक्षा अधिकारी र कलाकार स्मारीका ढकाललाई सम्मान गरेको छ ।
चितवनमा आयोजना गरिएको व्यवसायी महिलाहरुको तिज बिशेष कार्यक्रममा उजेलीले लैङ्गीक हिंसा बिरुद्धको अभियानमा शसक्त भुमिका निर्वाह गरेको भन्दै चौहान, अधिकारी र ढकाललाई सम्मान गरेको हो ।
सानै उमेरमा लोकप्रिय गायिकाका रुपमा स्थापित चौहान र अधिकारीले सामाजिक संजालमा आफु बिरुद्ध भएका गालि गलौजको आलोचना गर्दै कानुनी लडाईमा अगाडि बढेपछि उनीको चौतर्फी प्रशंसा भएको छ ।
महिलाको निजी जिवनमा भएका घटनाहरुलाई लिएर सार्वजनिक गालि गलौज गर्ने र चरित्रमाथि प्रश्न उठाउने क्रम सामाजिक सञ्जालमा बढिरहेका बेला गायीका द्धयको कदमले महिलाहरुलाई हौसला मिलेको छ ।
गायिका अधिकारी र चौहानले चितवनमा व्यवसायीक रुपमा स्थापित हुदै गरेका महिलाहरुको व्यवसाय प्रवद्र्धनमा समेत बिशेष सहयोग गर्दै आउनु भएको छ ।
उजेली क्रिशसनसँग लामो समयदेखि सहकार्य गर्दै आउनु भएका चौहान र अधिकारी साथै कलाकार स्मारिका ढकाललाई महिला शसक्तिकरण र हिसा बिरुद्धको अभियानमा अगाडि वढ्न प्रेरणा मिलोस् भन्ने उदेश्यले तिजको अवसरमा सम्मान कार्यक्रम आयोजना गरेको उजेलीका प्रवन्धक बिद्या पौडेलले जानकारी दिनुभयो ।
प्रवन्धक पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गायिका एलिना चौहान प्रमुख अतिथि रहनु भएको थियो । गायीका समिक्षा अधिकारी र कलाकार स्मारीका ढकाल बिशिष्ट अतिथि रहनु भएको कार्यक्रममा सहभागी महिलाहरुलाई रत्न श्री बि एम ईमिटेसनका संचालक अस्मिता सापकोटाले स्वागत गर्नु भएको थियो । साथै कार्यक्रममा सहभागीहरुलाई रोटरियन अर्पणा प्रधान भण्डारीले उत्प्रेरणात्मक सत्र संचालन गर्नु भएको थियो । सहकारीकर्मी शशिकला पाठकले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्