१६ असार २०८२, सोमबार १४:२५
चितवन, १६ असार।
चितवन जिल्लाका बिभिन्न स्थानमा अहिले बिद्युत् सेवा अवरुद्ध भएको छ । दिउँसो २ बजेर २ मिनेट जादा अवरुद्ध भएको बिद्युत् सेवा ३० देखि ४५ मिनेछ पश्चात सुचारु हुने नेपाल बिद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी गराएको छ ।
प्राधिकरणले सेवा अवरुद्ध भएका कारण पर्न गएको असुबिधाको लागि सेवाग्राहीहरु सँग क्षमा याचना समेत गरेको छ । मर्मत लगायत बिभिन्न कारण देखाएर पटक पटक बिद्युत् अवरुद्ध हुदा चितवनवासीहरु प्रभावित भएका छन् । चर्को गर्मिका कारण समेत बिद्युत् नहुदा जनजिवन प्रभावित हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्