काठमाडौँ, २१ कात्तिकः
नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका ९नासा० को अध्यक्षमा विद्या गुरुङ निर्वाचित हुनुभएको छ । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष पक्षमा उहाँ निर्वाचित हुनुभएको हो ।
सम्मेलनमा जर्जिया, सियाटल, सिकागो, क्लोराडो, मेरिल्यान्ड, अलबमा, उत्तर तथा दक्षिण क्यारोलिना, फ्लोरिडा र वाशिङटन डिसीमा बसोबास गर्ने नेपालीको सहभागिता थियो ।
संस्था स्थापना भएको तीन दशकपछि नासाले पहिलोपटक महिला अध्यक्ष प्राप्त गरेको हो । नवनिर्वाचित अध्यक्ष गुरुङले यसअघि दुई कार्यकाल बोर्ड निर्देशक र महिला समितिको नेतृत्व सम्हाल्नु भइसकेको छ ।
अमेरिकामा बसोबास गर्दै आउनुभएकी समाजसेवी गुरुङले २५ वर्षसम्म नेपाली समुदायको हक, हित र नेपाली कला, संस्कृति क्षेत्रका प्रवद्र्धमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ । सन् १९९९ बाट नासामा संलग्न गुरुङले नेपाली समुदायसँग निरन्तर भेट्घाट सुखदुःखमा साथ र सहयोग दिँदै आउनुभएको समाजसेवी राजा घलेले राससलाई जानकारी दिनुभएको हो ।
नेपाली साहित्य, संस्कृति र परम्पराको जगेर्नामा सक्रिय भूमिका निर्वाह गरकै कारण अध्यक्षजस्तो गरिमामय पदमा उहाँ निर्वाचित हुन सफल हुनुभएको बताइएको छ ।
त्यसैगरी नासाको कार्यकारी उपाध्यक्षमा डा दिलीप पन्थी ९नर्थ क्यारोलिना० उपाध्यक्षमा प्रणय लामा र महासचिवमा शिक्षा गौतम ९जर्जिया०, सहसचिवमा बिमला अधिकारी र कोषाध्यक्षमा पुरनराज खतिवडा ९नर्थ क्यारोलाइना० निर्वाचित हुनुभएको समाजसेवी घलेले जानकारी दिनुभयो ।
नासाको ३४औँ सम्मलेनको उद्घाटन नेपालका लागि अमेरिकी राजदूत लोकदर्शन रेग्मीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्