चितवन, ४ साउन ।
चितवनको खैरहनी नगरपालिका सहित उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानिय तहलाई सरकारले सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्न लागेको हो ।
आर्थिक वर्ष २०८०–८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन लिसामा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सरकारले सम्मान गर्ने भएको हो । मन्त्रालयले चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिका , स्याङजाको अर्जुनचौपारी गाउँपालिका साथै गुल्मीको रुरुक्षेत्र गाउँपालिकालाई सम्मान गर्ने भएको हो ।
गुणस्तर परीक्षण पश्चात् कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरी राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई यही भदौ ६ गते सम्मान गरिने छ ।

प्रतिकृया दिनुहोस्