१२ बैशाख २०८२, शुक्रबार १५:०३
चितवन, १२ बैशाख
भरतपुर महानगरपालिका वडा नं ७ प्रेमवस्ती चोकमा अण्डा वोक्ने बलेरो गाडीले स्कुटरलाई ठक्कर दिई भएको दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ ।
गितानगरवाट भरतपुर तर्फ गैरहेको ना ५ च २६४४ नम्बरको बलेरो गाडीले सोही दिशा तर्फ गैरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुर चालक ५२ बर्षीय लक्ष्मी वाग्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बलेरो चालक बर्ष २५ को पेमा लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्