चितवन, १२ बैशाख ।
कालिका नगरपालिका नगरस्तरीय एकल महिला समन्वय संस्थाको अध्यक्षमा राधिका अर्याल चयन हुनुभएको छ । मंगलबार कालिका नगरपालिकास्थित महिला संजालको भवनमा सम्पन्न अबिधेशनवाट अर्याल दोश्रो कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको हो ।
१३ सदस्यीय समितिको उपाध्यक्षमा प्रमिता रिजाल चयन हुनुभएको छ । त्यस्तै सचिवमा सविता न्युरे र कोषाध्यक्षमा चन्द्र कुमारी लामिछाने चयन हुनु भएको छ । कालिका नगरपालिकामा एकल महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरणका लागि नगरपालिकाले बिभिन्न कीसीमका कार्यक्रम गर्दै आएको छ । एकल महिलाहरुलाई शसक्तिकरण गर्दै आफु बिरुद्ध हुने हिसां न्युनिकरण गर्न र परिवारलाई नेतृत्व गर्न सक्षम बनाउनका लागि समन्वय संस्था स्थापना गरेर बिभिन्न कार्यक्रम संचालन गर्दै आएको अध्यक्ष अर्यालले जानकारी दिनु भयो ।
नगरपालिका भित्रका ११ वटा वडामा गठन भएको वडा स्तरीय समितिका प्र्रतिनिधिहरुको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । नगर संजालले अघिल्लो कार्यकालमा सबै वडामा वडा स्तरीय समिति गठन र परिचालन गरेको र आगामी दिनमा सबै एकल महिलाहरुलाई समितिमा समेट्ने गरि कार्ययोजना बनाएको समेत अर्यालले जानकारी दिनुभयो ।
समितिको सदस्यहरुमा सबै वडाको प्रतिनिधित्व हुने गरि सदस्यहरु चयन गरिएको छ । सदस्यहरुमा ललिता देवी भण्डारी, लज्जा महत्तो, कालिमाया बुढाथोकी, चन्द्रकुमारी लामिछाने, निर्मला थापा, मखमली भेटवाल, पञ्चमाया घर्ती, मिना रसाईली र ज्ञानुमाया चेपागं रहनु भएको छ । त्यस्तै भेलाले सरस्वती सुवेदीलाई सल्लाहाकार संयोजकमा चयन गरेको छ । सावीक जुटपानी गाविसमा पहिलो पटक एकल महिला संजाल गठन गरि एकल महिलाको हितमा काम गरेको र जिल्ला समितिमा समेत सदस्यको रुपमा रहेकाले सुवेदीलाई सल्लाहाकार संयोजक चयन गरिएको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्