चितवन, २१ चैत ।
सीप विकास तालिम प्रदान गर्ने तर तालिम पश्चात उत्पादित सामानको बजार व्यवस्थापन हुन नसक्दा तालिम प्रति नै नकरात्मक धारणा बनिरहेको अवस्थामा भरतपुरमा उत्पादित सामाग्री तालिम प्रदायक संस्थाले नै खरिद गर्ने गरि फेल्टबाट सजावटका सामाग्री बनाउने तालिम सम्पन्न गरिएको छ ।
चितवन जिल्ला भित्रका विपन्न, दलित, द्वन्द्व प्रभावित तथा आम्दानीको अवसर खोजिरहेका स्थानिय व्यक्तिहरुलाई केन्द्रित गरि शहिद स्मृति प्रतिष्ठान नेपालल्े २० जनालाई तालिम प्रदान गरेको हो । आर्थिक शसक्तिकरण बिना नेतृत्व विकास र स्वयम्को रुपान्तरण संभव हुन नसक्ने कुरालाई आत्मसात गर्दै संस्थाले शसक्तिकरणका लागि फेल्टवाट सजावट बनाउने १५ दिने तालिम सामाजिक विकास कार्यालय वागमती प्रदेशको सहयोगमा आयोजना गरेको हो ।
तालिमको समापनमा समारोहमा वागमती प्रदेशका प्रतिनिधिको रुपमा उपस्थित प्रदेश सासंद इश्वर सापकोटा सुमनले फेल्टको सजावटका सामाग्रीको अन्तराष्ट्रिय बजार र मागका बिषयमा जानकारी गराउनका लागि समेत तालिम सफल भएको बताउनु भयो । आर्थिक उपार्जनसँग जोड्न समस्या हुने अन्य बिभिन्न किसीमका तालिमहरु भन्दा यस प्रकारको सिपका बिषयमा राज्य पक्ष समेत सचेत हुन आवश्यक भएको उहाँले बताउनु भयो । उहाँले सिकेको सिपलाई व्यवहारमा उर्तान र उपलब्धिपुर्ण बनाउका लागि सहभागीहरु जगरुप हुन आवश्यक भएको बताउनु भयो ।
प्रतिष्ठानका सचिव एवम् तालिम संयोजक जयश्वर आचार्यको अध्यक्षतामा सम्पन्न भएको तालिम शहिद स्मृति प्रतिष्ठान नेपालको भरतपुर १२ स्थित भवनमा आयोजना गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष संगीता भट्टराईले तालिमका सहभागीहरुले उत्पादन गरेका सामाग्री प्रतिष्ठानले संकलन गर्ने भएकाले सहभागीहरुले तत्काल आय आर्जन गर्ने संभावना रहेको बताउनु भयो । संस्थाले सामान खरिदका लागि कालिका नगरपालिका स्थित वि एम हस्तकला केन्द्रसँग सहमति गरिसकेकाले सिकेको सिपलाई व्यवहारमा प्रयोग गरि आय आर्जन गर्न सहभागीहरुलाई आग्रह गर्नु भयो ।

प्रतिकृया दिनुहोस्