१५ फाल्गुन २०८१, बिहीबार १८:५४
रौतहट, १५ फागुन ।
अहिले रौतहटको मौलापुरमा मधानी महायज्ञ चलिरहेको छ । पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले मौलापुर नगरपालिकाले महोत्सव गरेको हो ।
महोत्सव अवधिमा सांस्कृतिक कार्यक्रम पनि भैरहेको छ । महोत्सवको पहिलो दिन भारतीय गायक रितेश पाण्डे, विनय बिहारी, मोनालिसा, निर्देशक सनोज मिश्रा, शिखर संतोष, प्रिया सोहानी, नेपाली कलाकार प्रीति पासवान, रचना शिवाकोटी, सुनील पण्डित, विशाल यादव, दीपलाल यादव, नन्दू श्रीवास्तवले प्रस्तुति दिए ।
तीमध्ये महोत्सवमा आकर्षणको केन्द्र बनिन् भारतीय भाइरल गर्ल मोनालिसा भोस्ले । प्रयागराजमा हालै चलेको महाकुम्भमा फूलमाला बेच्न बसेको बेला भाइरल भएकी नीला आँखावाली मोनालिसाले मधानी महायज्ञमा प्रस्तुति समेत दिइन् ।

प्रतिकृया दिनुहोस्