चितवन, ४ भदौ
सिप सिकौ आत्म निर्भर बनौ भन्ने नाराका साथ उद्यमी दिदि बहिनी समुहले आफ्नै व्यवसाय सुरुवात गरेको छ । भरतपुर ७ सुन्दर टोलमा रहेको सुन्दर दिदि बहिनी समुहले व्यवसाय सुरुवात गरेको हो । भरतपुर वडा नं ७ का महिला सदस्य अमृता गौतमले आज एक कार्यक्रमका बिच रिवन काटेर व्यवसायको सुरुवात गर्नु भएको हो ।

समुहले आफ््नै पहलमा र वडा तथा बिभिन्न संघसंस्थाको सहयोगमा लिएका बिभिन्न सिपमुलक तालिममा सिकेका सिप अनुसारका सामान उत्पादन तथा बजारीकरण गर्ने योजना बनाएको छ । बुधवार उद्घाटन गरेको व्यवसाय अन्तर्गत झोल साबुन, सर्फ, कोलिन, हर्पिक जस्ता सरसफाईमा प्रयोग हुने सामानहरु साथै चप्पल, झोला लगायतका सामानहरु निर्माण गरिने छ ।

कार्यक्रम उद्घाटन गर्दै वडा सदस्य अमृता गौतले दिदि बहिनी समुहले बिभिन्न समयमा सिकेको सिपको सदुपयोग गर्दै व्यवसाय विस्तार गरेकोमा अत्यन्त खुसी लागेको वताईन् । सिपको सिक्नु मात्र ठुलो कुरा नभएको भन्दै गौतमले सिपको समुपयोग गर्ने कामको सुरुवातले अन्य दिदि बहिनीहरुलाई समेत प्रेरणा मिल्ने बताईन् ।

प्रतिकृया दिनुहोस्