चितवन, ११ साउन
जिल्ला प्रहरी कार्यालय चितवनले १२ बर्षिक नावालिकालाई ललाई फकाई यौन क्रियाकलापमा लगाउने र आर्थिक फाईदा लिने एक जनालाई मानव बेचबिखनको आरोपमा प्रक्राउ गरि अनुसन्धानका लागी थुनामा राखेको छ । घटनाका आरोपी अर्की एक महिला भने फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पर्र्सा जिल्ला पटेर्वा सुगौली गाँउ पालिका ६ स्थायी घर भई हाल भरतपुर १२ नौरगे वस्ने बर्ष ४१ का शिव पुजन राउतलाई प्रहरीले प्रक्राउ गरेको हो । पक्राउ परेका रावतलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको कार्यालयले जनाएको छ । अर्का आरोपी भरतपुर ९ बिडि चोक वस्ने सञ्जु साह भने फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक शैलेन्द्र कुमार खड्काले जानकारी दिनुभयो ।
भरतपुर ६ मा अभिभावकसँगै डेरामा वस्दै आएकी परिवर्तित नाम चोकवजार (क) लाई काममा लगाईदिने भन्दै आर्थिक प्रलोभन देखाएको र अभिभावकलाई जानकारी नदिई भरतपुर ९ विडी चोकमा सञ्जु शाहको होटलमा राखि यौन क्रियाकलापमा लगाईएको पिडीतको आमाद्धारा दर्ता गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
नाबालिका चोकवजार (क) लाई अभिभावकसँग सम्पर्क गर्न नदिने र होटलको कोठमा दैनिक वेश्यावृतिमा लगाउने गरेको र घुम्नका लागी भारत लैजाने भनि भारतको जैतपुरमा लगि यौनकार्यका लागि बेचबिखन गरेको पिडीतकी आमाले जाहेरीका क्रममा जानकारी दिएको प्रहरी निरिक्षक खड्काले जानकारी दिनुभयो । बिभिन्न माध्यमबाट खोजी गर्ने क्रममा मानव वेचबिखन बिरुद्ध कार्यरत संस्था माईति नेपालको सम्पर्कमा आएको माईति नेपाल चितवनका जिल्ला संयोजक ईश्वर गिरीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्