२१ असार २०८०, बिहीबार ०७:१४
चितवन, २१ असार ।
तीन महिनादेखि तलब नपाएको भन्दै भरतपुर स्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् ।
उनीहरुलेअस्पताल वैशाखदेखिको तलब खान नपाएको भन्दै बुधबार केहीबेर प्रशासन घेराउ गरेर आन्दोलित भएका हुन् । अस्पतालमा हालसम्म नयांँ कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा अस्पतालमा समस्या देखिएको हो । जसलेगर्दा एकातर्फ कर्मचारीले तलब नपाएको बताएका छन् भने अर्कोतर्फ अस्पतालको फार्मेसीमा औषधिको अभाव हुन थालेको छ ।
कार्यकारी निर्देशक डा. देजकुमार गौतमको कार्यकाल गत वैशाखमा सकिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्ति हुनसकेको छैन । बोर्ड सदस्यहरुको नियुक्ति नै नभएपछि कार्यकारी निर्देशक नियुक्ति हुन नसकेको हो । बोर्डमा ६ जना सदस्य रिक्त छन् । जसमा ४ जना चिकित्सक र २ जना स्थानीय समाजसेवी रहने प्रावधान छ ।
प्रतिकृया दिनुहोस्